2026-07-05 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा अवैध रुपमा बसेका नेपालीलाई घर फर्कने अवसर, यस्तो छ प्रक्रिया

जनवरी २९, कुवेत । कुवेत सरकारले अवैधानिक कामदारलाई वैध बन्ने वा आफ्नो देश फर्कने अवसर दिएको छ । यसबाट नेपाली कामदारले पनि लाभ लिनसक्नेछन् ।

कुवेतस्थित नेपाली दूताबासका अनुसार त्यहाँको सरकारले २३ जनवरीमा यस्तो निर्णय गरेको हो । दूतावासले नेपाली कामदारहरुलाई यो अवसरको सदुपयोग गर्न अपील गरेको छ ।

कुन अवस्थामा कसरी सुरक्षित हुने ?

नेपाली दूतावासका अनुसार आवासीय भिसा नलगाई कुवेतमा बसेको तर, कुनै केस (चोरी/अन्य) नपरेको, यात्रा निषेध आदेश जारी नभएका, कम्पनी तथा घरमा काम गर्नेहरुले सक्कल राहदानी भए टिकटको व्यवस्था गरेर नेपाल फर्किन सकिेनछ । यो २९ जनवरीदेखि २२ फेब्रुअरी २०१८ सम्म मात्रै छ ।


राहदानी छैन भने नेपाली दूताबासको सम्पर्कमा जानुस् । यात्रा अनुमति पत्रका लागि नागरिकता र पुरानो राहदानीको प्रतिलिपी र दुईप्रति फोटो चाहिन्द्यछ ।

कम्पनी तथा रोजगारदाताको घरबाट भागेको भनी मुद्दा वा उजुरी परेको छ भने आआफ्नो पासपोर्ट/सिभिल आईडी कार्ड/नागरिकताको सक्कल भएमा सक्कलसहित र फोटो कपी भएमा फोटोकपी लिई राजदूतावासमा सम्पर्क राख्नुपर्ने छ ।

नेपाल र्फकन चाहने तर, कागजपत्र नभएकाहरुलाई पनि आवश्यक प्रकि्रया पूरा गरी नेपाल र्फकनको लागि सहजिकरण गरिने नेपाली दूताबासले जनाएको छ ।

आवासीय भिसा नलगाई बसिरहेको तर, कुनै केस (चोरी/अन्य) नभएको र यात्रा निषेध आदेश जारी नभएका कम्पनी तथा घरमा काम गर्ने नेपाली कामदारहरुले त्यहाँको सरकारले तोकेका शर्तहरु पूरा गरी आवासीय भिसा पनि नविकरण गर्न सक्नेछन् ।

यसका लागि दूतावासको जेनरल डिपार्टमेन्ट अफ रेसिडेन्सी अफियर्समा सम्पर्क गर्नुपर्ने छ ।


तर, आवासीय भिसा नलगाई कुवेतमा बसिरहेका कम्पनी तथा घरमा काम गर्ने कामदारहरुले -२९ जनवरीदेखि २२ फेब्रुअरी २०१८ भित्र नेपाल र्फकने वा आवासीय भिसा नविकरण गर्ने प्रकि्रयामा समावेश नभए कुवेतको सरकारी निकायबाट चेकजाँचमा पक्राउ गरेर कुनै पनि कुवेतबाट डिपोर्ट गर्न सक्नेछ ।

अपराधिक गतिविधि तथा अन्य कुनै कसुरमा मुद्दा/उजुरी परेका, बैंकबाट ऋण लिएर वा मोवाइल फोन लगायतका सामान किस्तावन्दीमा लिएवापत् सम्बन्धित कम्पनीमा तिर्नुपर्ने रकम नतिरेको कारण यात्रामा निषेध आदेश जारी भएकाहरु भने उक्त केस फछ्र्याैट नभएसम्म नेपाल फर्किन नपाइने दूतावासले स्पष्ट पारेको छ ।

कुवेतस्थित नेपाली दूतावासको वैध बन्ने वा आफ्नो देश र्फकने प्रक्रियाबारे कुनै जानकारी चाहिएमा हटलाइन ९८८६९१२१ र फोन नम्बरहरु २५३२१६०३, २५३२१६०४ वा २५३२१६०५ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ । – अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै