2026-07-05 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–भारतबीचको सीमा क्षेत्रमा काँडेतार लगाउन सीमाविद्को सुझाव

2018-01-29

माघ १५, काठमाडौँ  | सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको सार्वभौमसत्तालाई अक्षुण राख्न सरकारको सदैव ध्यान जानुपर्ने बताउनुभएको छ । 

‘नेपाल–भारतबीच विवादित सीमा क्षेत्रको सुरक्षा’ विषयक आज यहाँ आयोजित अन्तक्र्रियामा उहाँले हाम्रा पूर्वजले हामीलाई सुम्पेर गएको सीमालाई बचाउन सरकार तथा सर्वसाधारण जनता सचेत हुनुपर्ने औँल्याउनुभयो । 

सीमाविद् श्रेष्ठले नेपालको सीमा निरन्तर भारतीय पक्षबाट मिच्दै गएको र सरकार तथा स्थानीय प्रशासन मौन बसेकामा दुःख प्रकट गर्नुभयो । 

उहाँले दुई मुलुकबीचको सीमा सुरक्षा गर्न यी सीमा खुल्ला हुन नहुने बताउँदै नेपाल–भारतबीचको सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने सुझाव दिनुभयो । 

राष्ट्रिय बेरोजगार युवा संरक्षण मञ्चका अध्यक्ष माधव भण्डारीले भारतबाट पटक पटक सीमा मिच्दा पनि सरकारबाट कुनै पहल नगरिएको भन्दै नेपालको सुरक्षाका लागि सीमा सुरक्षा समूह गठन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

सीमा रक्षक राजेश कोइरीले आफूले सीमा रक्षा गर्न स्थानीय बासिन्दालाई लामो समयदेखि जनचेतना बढाउने काम गर्दै आएको जानकारी दिनुभयो । 

कार्यक्रममा राष्ट्रिय बेरोजगार युवा संरक्षण मञ्चले सीमाविद् बुद्धिनारायण श्रेष्ठ तथा सीमा रक्षक राजेश कोइरीलाई नेपालको सीमा सुरक्षामा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै