2026-07-05 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले-माओवादी ‘पार्टी एकता र सरकार गठन सँगसँगै’

माघ १५, धनगढी | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता र सरकार गठन सँगसँगै गर्ने उद्देश्यका साथ आफूहरू अगाडि बढेको बताउनुभएको छ । 

कैलालीको भजनीमा आजदेखि ‘कला, साहित्य, कृषि, शिक्षा र व्यापार हाम्रो पहिचान, भजनी क्षेत्रको सर्वाङ्गीण विकास हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु भएको ‘भजनी महोत्सव’को उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “पार्टी एकताका लागि विभिन्न कार्यदल बनाएर काम अगाडि बढाएका छौँ ।” 

अर्को प्रसङ्गमा पूर्वप्रधानमन्त्री दाहालले नेपालको इतिहासमा पहिलो पटक बहुमतको, स्थायी र बलियो सरकार बनाउने सम्भावना पैदा भएको छ भन्नुभयो । उहाँले महोत्सव आयोजकका तर्फबाट पेश गरिएको भजनी क्षेत्रको विकाससम्बन्धी माग पूरा गराउन पहल गरिने आश्वासन दिनुभयो । 

भजनी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमराज जैशीले पृथ्वीपुर छोटी भन्सारको स्तरोन्नति, कान्द्रा, काँडा र मोहना नदी नियन्त्रण, कृषि परियोजना कार्यक्रम लागु, भजनी क्षेत्रका तालतलैयाको व्यवस्थापन, रंगशाला र उद्यान निर्माण, बाढीपीडितको समस्या समाधानलगायत १५ बुँदे मागपत्र सो अवसरमा अध्यक्ष दाहालसमक्ष पेश गर्नुभएको थियो । यही माघ २४ सम्म चल्ने महोत्सवमा कृषि, व्यापार व्यवसायसम्बन्धी ७७ कक्ष छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै