2026-07-05 04:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण माओवादी-एमाले एकता नहुनसक्छ…

2018-01-30

माघ १६, काठमाडौं | राजनीतिमा खेल धेरै हुन्छ । अघिल्लो दिन हुन्छ भनेको कुरा भोली हुँदासम्म फेरिन पनि सक्छन् । एमाले-माओवादी एकतामा यस्तै भएको छ । 

निर्वाचन अघिदेखिनै निर्वाचन लगत्तै एकता हुन्छ भनेपनि धेरै समय बित्दासम्म एकताको कुनै कुरा अगाडी बढ्न सकेको छैन । जनमानशमा आ-आफ्नै तर्क बितर्क चल्दा एमाले-माओवादी पार्टीका नेतृत्व तहमै भित्रभित्रै बिभिन्न खेलहरुमा बहशहरु चलेका छन् । नेताहरूको भनाई र वास्तविकतामा फरक पर्दा कुनै कुरा एकिन गरि भन्न सकिने अवस्था छैन । बाहिर एकताको लागि भन्न जति सजिलो छ त्यति भित्र छैन । एकता जटिल बन्नुको मुख्य कारणनै अहमता हो । माओवादीले आफुलाई पार्टी अध्यक्ष नदिए पार्टी एकताको औचित्य नहुने बुझाई राख्छ भने एमाले तत्काल पार्टीको अध्यक्ष माओवादीलाई दिए पार्टीले ठूलो कुरा गुमाउने खतरा रहको बुझ्छ । यस्तो अवस्थामा एमालेले पार्टीको अध्यक्षता आफै राख्ने भित्रि सोच राखेको छ जसको कारण माओवादी  र एमाले एकताको मुख्य अड्चननै अध्यक्षतामा रोकिएको छ । 

यहाँ द्वन्द दुई पार्टीको भन्दा पनि दुई अध्यक्षबीच चलिरहेको छ । मुख्य कुरा नै अध्यक्षमा अड्किए पनि दुवै पार्टीले त्यसलाई ठूलो कुरा नभएको भन्दै आफुलाई पानि माथिको ओभानो जस्तो बनाउने खेल खेलेका छन् । सुरुमै पार्टी अध्यक्ष को हुने भन्ने बिषयमा कुरा अड्किएपछी एकताको थप काम अगाडी बढ्न सकेको छैन । अध्यक्ष नदिए माओवादी एकतामा नजाने अवस्थामा छ । माओवादीले नयाँ सरकारमा ओलीलाई नै प्रधानमन्त्री दिनुको मुख्य कारण नै पार्टीको अध्यक्ष आफुलाई पार्ने रणनीति हो । तर एमाले दुवै हातमा लड्डु खाने सोचमा नयाँ सरकारको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै आफ्नै भागमा राख चाहन्छ । 

बाहिर जे-जे बोले पनि एकता पछि प्रचण्डले पार्टी नेतृत्वनै चाहेका कुरा स्पष्ट छ । पार्टी   नेतृत्वकै लागि सहज परिस्थिति बनाउन प्रचण्ड आफैले एमाले अध्यक्ष ओलीलाई सरकार नेतृत्वको प्रस्ताव गरेका हुन सक्छन । अर्को कुरा एमालेसँग पार्टी एकता गरेर माओवादीले आफ्नो हातमा शक्तिको राम्रो स्थिति पनि बनाईसकेको अवस्था छ । त्यसो त एमाले एक्लै ले पनि अहिलेको शक्ति समीकरण प्राप्त गर्नुमा बाम तालमेलकै प्रतिफल हो भन्ने बुझेको छ । यस अर्थमा मध्यमार्गी बाटोमा जान दुवै पक्षले सोच पनि बनाएका छन् । केहि पंक्तिको बुझाई के पनि छ भने राष्ट्रिय सभाको चुनावसम्मको लागि एमाले-माओवादीबीच एकताको कुरा चल्ने र त्यस पछी पार्टी एकताको कुरा नमिलेको नाटक गरि आ-आफ्नै तरिकाले पार्टी अगाडी बढाउने छन् । यसअर्थमा पार्टी एकताको कुरा राष्ट्रिय सभा निर्वाचन नहुँदासम्मको लागि गहन रुपमा चल्ने त्यसपछी एकतामा जान नसकिएको बहानामा पुरानै अवस्थामा फर्कन सक्ने कतिपयको बुझाई छ । 

दाहालको भित्रि चाहनानै पार्टी अध्यक्ष हो । उता ओली भने सकभर दाहाललाई मनाएर महाधिवेशनबाट मात्रै पार्टी अध्यक्ष छान्ने बाटोमा जान चाहन्छन तर एमालेले भने जस्तो सहज अवस्था छैन । सरकारमा ७०/३० को नीति लिएको एमाले-माओवादीले पार्टी अधिवेशनसम्मको बाटो पनि यस्तै तरिकाले अगाडी बढाएमा माओवादी अध्यक्षले अधिवेशनबाट जित्ने सम्भावना हुँदैन । त्यतिबेलासम्ममा एमाले-माओवादी गुट पैदा हुने सम्भावना निकै बलियो भएर जाने आंकलन गर्न सकिन्छ । फरक पार्टी एकतामा जाँदा केहि बर्ष अधिवेशनमा समेत सोहि अनुसार प्रभाव देखिने हुँदा माओवादी आफु कम्जोर हुने अवस्थामा अहिले ओलीकै सोच अनुरुप अधिवेशनसम्म पुगेर अध्यक्षको लागि उम्मेद्वारी दिएर मात्र अध्यक्ष लिने पक्षमा नजान सक्छन् । त्यसैले एकताको लागि एमालेले माओवादी अध्यक्षलाई नै एकीकृत पार्टीको अध्यक्ष स्वीकार गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै