महेन्द्र केसी

पर्वत । नेपाल सरकारका आपूत्र्ति तथा बाणिज्य मन्त्री मिन विश्वकर्माले नेपाली काँग्रेस र बर्तमान सरकारसँग बामगठबन्धन तोड्ने हैसियत नभएको बताएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी

पर्वत । नेपाल सरकारका आपूत्र्ति तथा बाणिज्य मन्त्री मिन विश्वकर्माले नेपाली काँग्रेस र बर्तमान सरकारसँग बामगठबन्धन तोड्ने हैसियत नभएको बताएका छन् ।

2026-09-19 09:32 AM
पर्बत - PBT

यो सरकारले बामगठबन्धन भत्काउन सक्दैन–बाणिज्य मन्त्री विश्वकर्मा (भिडियो सहित)

महेन्द्र केसी

पर्वत । नेपाल सरकारका आपूत्र्ति तथा बाणिज्य मन्त्री मिन विश्वकर्माले नेपाली काँग्रेस र बर्तमान सरकारसँग बामगठबन्धन तोड्ने हैसियत नभएको बताएका छन् ।

मंगलबार पर्वतमा शहिद स्मारक आमाविको २५ औ बार्षिकउत्सवको अबसरमा शहिद स्पन्दन पुस्तकको विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।बामगठबन्धनका केहि नेताहरुले बामगठबन्धन तोड्न नेपाली काँग्रेस लागिरहेको कुरा बाहिर आइरहेको भन्दै उक्त हैसियत आफूहरुसँग अहिले नभएको बताएका हुन् । 

सरकारले पछिल्लो समयमा समाजिक सुरक्षा भत्ता तथा क्यान्सर लगायतका  रोगीहरुलाइ मासिक पाँच हजार दिने निर्णय गर्नु कुनै पनि अबैधानिक नभएको मन्त्री विश्वकर्माले स्पष्ट पारेका छन् ।

सरकार सरकारमा बसिन्जेल सरकार अबैधानिक नहुने भन्दै सरकारले गरेको निर्णय बैध भएको उनले बताए । निर्वाचन आचारसंहिताका कारण आफूहरुले कुनै पनि निर्णय गर्न नपाएको र यहिले गरेको मन्त्री विश्वकर्माले बताए ।   प्रधानमन्त्री शेरबहादुर देउवा निर्णय गर्न नडराउने निडर भएका कारण पनि यस्ता निर्णय गरिएको उनले बताए ।

सरकारमा बसिन्जुलेसम्म निर्णय गर्ननसक्ने तर कामचलाउन अबस्थामा जाने बेलामा विभिन्न निर्णय गर्ने भन्ने प्रश्न पनि आउन सक्छ तर यो हामीलाई बाध्यता थियो उनले भने । चुनाव गराउनको लागि सरकार गठन भएको र गठनलगत्तै आचारसंहिता लागेका कारण कुनै पनि निर्णय गर्न नसकेको उनले बताए ।

देउवा सरकार पनि फुटबल खेलजस्तै भयो । ९० मिनेटसम्म गोल गर्नको लागि खुट्टामा बल भएन आचारसंहिताले रोक्यो । समय सकियो यो अतिरित्त समयमा गोल गर्ने मौका मिल्यो त्यसैले हामीले जूनजून योजना जनताको हितको लागि गर्छौ भनेका थियौं त्यहि गरेका हौं । अतिरित्त समयमा गोल हानेको गोल मानिदैन भनेर विरोध गरेजस्तै अहिलेको सरकारले गरेको निर्णयको विरोध गर्नु उस्तै भएको उनले बताए ।

नेपाली काँग्रेसको पपुलर भोट छ तर अंकगणितमा पछि भएका कारण आफूहरु सरकार बाहिर बस्नुपर्ने बाध्यता भएको बताउँदै उनले अमेरिका हिलारी क्लिटनलाई जस्तै नेपाली काँग्रेसलाई भएको बताए । समानुपातिका आफ्नो भोट एमालेको भन्दा कम नभएको उनको तर्क थियो । यहि सरकार असारसम्म चल्ने हो र यहि सरकारले बजेट ल्याउने हो भने अझै के के गरिन्थ्यो तर हामीलाई त्यो हैसियत अंकगणितका आधारमा छैन उनले भने ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई