2026-07-05 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी युग दक्षिण एशियाली युग बनाउनुपर्छ: उपराष्ट्रपति पुन

2018-01-31

माघ १७, काठमाडौँ | उपराष्ट्रपति नन्दबहादुर पुनले २१ औं शताब्दीलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को युग बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

उहाँले भन्नुभयो, “यस क्षेत्र जलस्रोत तथा प्राकृतिक स्रोतमा विश्वमा नै धनी रहेको छन्, यसलाई अधिकतम उपयोग गर्दै आगामी युग दक्षिण एशियाली युग बनाउनुपर्छ ।” 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित दक्षिण एशियाली लेखा व्यवसायी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सार्क क्षेत्रका देशको आर्थिक समृद्धिका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो । 

यस क्षेत्रमा गरिबी, अशिक्षा, बेरोजगारी समस्या रहेको उल्लेख गर्दै उहाँले यी समस्यालाई सम्बोधन गर्न क्षेत्रीय सहकार्य र एकतालाई अझ बलियो बनाउनुपर्छ भन्नुभयो । 

उपराष्ट्रपति पुनले भ्रष्टाचार नियन्त्रण र आर्थिक सुशासन कायम गर्न लेखा व्यवसायीको भूमिका अहं रहने चर्चा गर्नुभयो । सम्मेलनमा सार्क क्षेत्रका लेखा व्यवसायी संस्थाका प्रमुखको सहभागिता रहेको छ । वित्तीय प्रणालीका विविध आयाम, आर्थिक समृद्धि, लेखा व्यवसायीको क्षमता अभिवृद्धि माथि छलफल हुनेछ । 

आयोजक संस्थाका अध्यक्ष प्रकाशजङ्ग थापाले आर्थिक सुशासन, वित्तीय प्रणालीमा सुधारका लागि सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेकामा जोड दिँदै भ्रष्टाचार न्यूनीकरण गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

सम्मेलनको उद्घाटन सत्रमा दक्षिण एशियाली लेखा व्यवसायी संस्थाका प्रमुख डा सुवोधकुमार कर्णले सम्मेलनमा आर्थिक समृद्धि र दिगो विकासका लागि वित्तीय प्रणालीमा सुधार गर्नुपर्छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै