2026-10-15 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुर्खेतमा प्रदेश प्रमुखको कार्यालयका लागि भवन अभाव

माघ १७, सुर्खेत । क्षेत्रीय वन तालिम केन्द्र सुर्खेतले भवन खाली नगर्दा ६ नम्बर प्रदेश प्रमुखको कार्यालय सञ्चालनमा सम्स्या देखिएको छ । 

क्षेत्रीय वन तालिम केन्द्रका कर्मचारी भवन खाली गर्ने कि नगर्ने अन्योलमा परेका छन्। वन मन्त्रालयको विभागले पत्र काटेर नै वन मन्त्रालयअन्तर्गतका भवन तथा भौतिक संरचना कसैलाई नदिन सर्कुलर गरेपछि क्षेत्रीय वन तालिम केन्द्रका कर्मचारी अन्योलमा परेका हुन्।

सरकारले प्रदेश प्रमुखको कार्यालय स्थापनाको लागि निर्णय गर्नुभन्दापहिले मन्त्रीस्तरीय निर्णयबाट सातै प्रदेशमा वन वातावरण तथा विज्ञान मन्त्रालय रहने भएकाले वन मन्त्रालय मातहतमा रहेका भौतिक संरचना, गाडी, जग्गा जमिन अरू कसैलाई उपलब्ध गराउन नसकिने परिपत्र वन विभागले गरेको थियो। क्षेत्रीय वन तालिम केन्द्रका तालिम अधिकृत मुन रावतले आफूहरु सर्नको लागि तयारी अवस्थामा रहेको तर विभागले परिपत्र गरेर नै भौतिक संरचना, गाडी जग्गा जमिन लगायतका स्रोतसाधन नछाड्न भनेकोले आफूहरुलाई अप्ठेरोपरेको बताए।

सरकारले प्रदेश प्रमुखको कार्यालय स्थापना गर्ने निर्णय गरे पनि त्यसपछि विभागबाट सरकारको निर्णय अनुसारको परिपत्र नआएकोले आफूहरुलाई अप्ठेरो परेको तालिम अधिकृत रावतले जानकारी दिए। विभागले नयाँ परिपत्र नगर्दै भवन लगायतका संरचना छोडेमा पछि विभागलाई जवाफ दिनु पर्ने अवस्था आउन सक्ने भएकाले विभागको नयाँ परिपत्र आए आफूहरुलाई सजिलो हुने रावतको भनाइ छ।

उता, क्षेत्रीय प्रशासन कार्यालयका प्रवत्ता हितप्रसाद पौडेलले व्यवस्थापन मिलाउनुपर्ने भएकाले खाली गर्न समय लागेको बताए। समानहरुको व्यवस्थापनका साथसाथै क्वार्टरको पनि व्यावस्था गर्नुपर्ने भएकाले सबै व्यवस्थापन भएपछि भवन खाली हुने पौडेलको भनाइ छ। ५ माघमा प्रदेश प्रमुख नियुुक्ति भएसँगै प्रदेश प्रमुखको कार्यालयका लागि सरकारले क्षेत्रीय वन कार्यालयको तालिम केन्द्रको भवन तोकेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने