२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरेक प्रदेशमा ७ मन्त्रालय हुने, कुन मन्त्रालयले के-के काम गर्छन ?

२०७४, १८ माघ बिहीबार ०२:३०

माघ १८, काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा ७ वटा मन्त्रालयका लागि कर्मचारीहरु खटाईएको छ । तर त्यस्ता मन्त्रालय संविधानको सीमा अनुसार थपघट पनि हुन सक्नेछ ।

यस अघि राजनीतिक दल धेरै हुने हुँदा बहुमत पुर्याउनकै लागि भएपनि धेरै मन्त्रालय बनाउनुपर्ने बाध्यता रहे पनि अब त्यस्तो अवस्था छैन जसको कारण थोरै मन्त्रालयनै प्रदेशमा हुने आशा गरिएको छ । यसै अनुरुप प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा सरकार बनाउने जनमत पाएको वाम गठबन्धनले समेत ७ देखि ११ जना सम्म मन्त्री बनाउने सहमति गरेको छ ।

सरकारले सात मन्त्रालयकै आधारमा हाललाई सातै प्रदेशमा कर्मचारी खटाएको छ । अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले सरकारलाई गरेको सिफारिस अनुसार सरकारले प्रदेशमा ७ वटा मन्त्रालय बनाउन प्रस्ताव गरेको हो ।

यस समितिका संयोजक काशिराज दाहालका अनुसार प्रदेशमा ७ र केन्द्रमा १५ मन्त्रालय सिफारिस भएको छ । संविधानले प्रदेशमा कुल सांसदको २० प्रतिशत नबढ्ने गरी मन्त्री बनाउन सक्ने व्यवस्था गरेको छ । 

प्रदेशमा कुन-कुन मन्त्रालय, कार्यक्षेत्र के-के ?

सरकारले अहिले प्रदेश प्रमुखहरुलाई दिएको सूचीमा ७ मन्त्रालय तोकिएको छ । जसमा निम्न मन्त्रालय र कार्यक्षेत्रहरु प्रस्ताव गरिएका छन् । साथै मन्त्रालयहरुको नाम प्रदेशको विशेषता अनुसार फरक-फरक पनि हुनसक्ने ब्यबस्था छ । ब्यबस्था अनुसार कुनै प्रदेशमा भएको मन्त्रालय अर्को प्रदेशमा नहुन वा अर्कै नाममा हुनसक्नेछ । 

१. मुख्यमन्त्री

प्रदेशमा मुख्यमन्त्रीको कार्यालयले प्रदेश मन्त्रीपरिषद, प्रदेश भित्रको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र संचालन, भ्रष्टाचार र संघ र स्थानीय तहसँगको सम्पर्क तथा समन्वय आदि समेटिएका छन् ।

२. आन्तरिक मामिला तथा कानुन मन्त्रालय

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत प्रदेशको शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धानव्युरो, विपद व्यस्थापन, द्वन्द व्यवस्थापन, कानुन, न्याय तथा प्रदेश सभा मामिला र प्रदेश कर्मचारी प्रशासन आदि परेका छन् । 

३. आर्थिक मामिला तथा योजना मन्त्रालय

आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यक्षेत्र प्रदेशको अर्थ, योजना तथा बजेट , वित्तीय संस्थाहरु र तथ्यांक आदि परेका छन् । 

४. भौतिक पूर्वाधार विकास मन्त्रालय

भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यक्षत्र अन्तर्गत सडक, खानेपानी, जलस्रोत, उर्जा, सिंचाई र यातायात परेका छन् । 

५. सामाजिक विकास मन्त्रालय

सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्रमा शिक्षा, स्वास्थ्य, सरसफाई, महिला, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, भाषा, संस्कृति र श्रम तथा रोजगार परेका छन् । 

६. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत उद्योग, वाणिज्य,म आपूर्ति, पर्यटन, वन, विज्ञान, वातावरण र जलवायु परेका छन् । 

७. भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत भूमि व्यस्थापन, गुठी व्यस्थापन, कृषि, पशुपंक्षी, सहकारी र गरिवी निवारण आदी परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु