2026-07-05 04:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

ज्यान मार्ने पाँच अभियुक्त कारागार चलान

2018-02-03

माघ २०, रसुवा । उत्तरगया गाउँपालिकाको गोगनेभिर सडकमा ज्यान मारेको अभियोगअन्तर्गत पाँच जना अभियुक्तलाई कारागार चलान गरिएको छ । 

रसुवा जिल्ला अदालतले दिएको जानकारीअनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–११ घर भई हाल अप्पर त्रिशूली १ विद्युत् आयोजनामा काम गर्ने देवराज घर्तीमगर, दिलमान घर्तीमगर, दीपेन्द्रपुन मगर, कुलमान बुढामगर र सुशील गिरी रहेका छन् । 

उनीहरुको समूहले गत पुस महिनाको २४ गते आफ्नै साथी कामदार प्यूठान जिल्ला बाजीकाकोट–२ बस्ने ४० वर्षीय उदयमहत क्षेत्रीलाई फलामको औजारले हिर्काइ मारेको अनुसन्धानबाट खुलेपछि हदैसम्मको सजायका लागि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत ती पाँचै जना अभियुक्तलाई जिल्ला अदालतसमक्ष बुझाइएको जिल्ला प्रहरी प्रमुख शरदकुमार थापाक्षेत्रीले बताउनुभयो । 

रसुवा जिल्लाको हाकु क्षेत्रमा निर्माण हुन लागेको २ सय १६ मेघावाट जलविद्युत् आयोजनाको एरियाभित्र भएको सो घटनाको अनुसन्धान पुष्टि गर्न केन्द्रबाट विशेषज्ञ झिकाइ पोलिग्राफ उपकरण प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ । -रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै