2026-07-05 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ सरकार गठनपछि पार्टी एकता हुन्छ: ज्ञवाली

2018-02-04

माघ २१, काठमाडौँ | नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले नयाँ सरकार गठनपछि पार्टी एकता हुने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले फागुनमा नयाँ सरकार हुने र त्यसपछि मात्र नेकपा माओवादी केन्द्रसँग एकता हुने स्पष्ट गर्नुभयो । 

“संविधानको अपव्याख्या गर्दा नयाँ सरकार बन्न ढिलाइ भएको हो, सरकार बनेपछि दुई पार्टीबीच एकता हुन्छ”– उहाँले भन्नुभयो । 

नेता ज्ञवालीले स्थिरता र समृद्धिका लागि वाम सरकार बन्न लागेको बताउनुभयो । वाम सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्ने उहाँको भनाइ थियो । 

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – “भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणलाई लिएर अनावश्यक टीकाटिप्पणी गर्नु आवश्यक छैन ।” 

सीमा क्षेत्रमा रहेको विवाद सल्टाएर दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवै देश लाग्नुपर्नेमा नेता ज्ञवालीले जोड थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै