Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरमद्वारा प्रदेश २ को संसदीय दलको नेतामा राउत चयन

२०७४, २२ माघ सोमबार ०५:३४

माघ २२, धनुषा । संघीय समाजवादी फोरमले प्रदेश नं २ मा संसदीय दलको नेतामा मो लालबाबु राउतलाई चयन गरेको छ । 

यससँगै राउतलाई प्रदेश नं २ को मुख्यमन्त्रीको उम्मेदवारको रुपमा हेरिएको छ । राउत पर्साका स्थानीय बासिन्दा तथा संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँ पर्साबाट प्रदेशसभामा निर्वाचित सांसद हुनुहुन्छ । 

फोरमले मुख्यमन्त्री पाए राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुनेछन् । जनकपुरमा शनिबारदेखि बसेको फोरमको संसदीय दलको नेता छनोटको बैठकले आइतबार अबेर राति राउतलाई दलको नेतामा चयन गरेको हो । 

यसअघि दलको नेताका लागि राउतसहित सात जनाले उम्मेदवारी दिएका थिए । नेतृत्वले सहमतिको प्रयास गर्दै जाँदा अन्यले नाम फिर्ता लिँदै राउतलाई सर्वसम्मतिबाट संसदीय दलका नेताका रुपमा चयन गरिएको हो । 

प्रदेश नं २ मा फोरमको सबैभन्दा बढी २९ सिट रहेको छ । राजपा नेपालको २५ सिट रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश