Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-07-05 06:13 AM
राजनीति

एमाले प्रचार विभाग प्रमुख कार्कीद्वारा प्रेस चाैतारीको पत्रकारिता पुरस्कार काेषमा १० हजार प्रदान

2018-02-05

प्रज्वल पाैडेल/माघ २२, रामेछाप ।
नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले अबका दिनमा राजनीतिक दलहरूले भाषण भन्दा पनि कर्म गर्ने समय अाएकाे बताउनु भएको छ ।


प्रेस चाैतारी नेपालकाे २० अाैँ स्थापना दिवसकाे अबसरमा सदरमुकाम मन्थलीमा अायाेजित चियापान तथा अन्तरक्रिया कार्यक्रममा उहाँले यस्ताे बताउनुभएको हाे । श्रेष्ठले भन्नुभयाे – "अबका दिनमा जनतालाई जीविकाेपार्जन गर्ने वातावरण सिर्जना गर्नुका साथै ठाेस परिणाम निस्कने गरि अगाडि बढ्नुपर्छ, विकास निर्माण र अार्थिक समृद्धिकाे दिशामा जानुपर्छ ।"

श्रेष्ठले पछिल्लो राजनीति घटनाक्रम नियाल्दा प्रेस स्वतन्त्रतालाई अंकुस लगाउने जस्ताे देखिएपनि अब बन्ने बाम गठबन्धनकाे सरकार मिडियामैत्री हुने धारणा राख्नुभयाे । श्रेष्ठले बामसरकारले मिडियालाई व्यवस्थित, विश्वसनीय र स्वतन्त्र बनाउन लागि पर्ने बताउनुभयो ।


बामपंथी सरकार बने प्रेसमाथि अंकुस लाग्छ भन्ने फिजाइएकाे हल्लाकाे पछाडि नलाग्न अाग्रह गर्दै उहाँले पत्रकारलाई स्वतन्त्र काम गर्न याेग्य बनाउन राज्यकाे तर्फबाट ठाेस पहल गर्ने स्पष्ट पार्नुभयाे।, कार्यक्रममा बाेल्दै नेकपा एमाले प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले देशमा भएका विभिन्न राजनीति, सामाजिक परिवर्तनहरुमा मिडियाले महत्वपुर्ण भुमिका खेलेकाे बताउनुभयो ।

उहाँले भन्नुभयाे – " मिडियाले केन्द्रदेखि स्थानीय स्तरका सुचना सम्बन्धित स्थानमा प्रवाह गरेकाे छ । नागरिककाे अार्थिक,सामाजिक रूपान्तरणमा सहयाेग पुर्याएकाे छ ।" कार्कीले प्रेस चाैतारी रामेछापलाई चौतारी रामेछापले पत्रकारीता पुरस्कारका लागि स्थापना गर्न लागेको पुरस्कार कोषको लागि नगद १० हजार समेत साेही कार्यक्रममा हस्तान्तरण गर्नुभएकाे छ ।


उहाँले क्रियाशिल र राम्रा पत्रकारलाई पुरस्कृत गर्दा प्राेत्साहन हुने र प्रेरणा मिल्ने भएकाले पुरस्कार काेषमा उक्त रकम सहयाेग गरेकाे बताउनुभयाे ।यस्तै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, प्रेस यूनियन रामेछापका अध्यक्ष बद्री नयाघरे र प्रेस सेन्टरका अध्यक्ष सुमित श्रेष्ठले पत्रकारहरुको हक अधिकार र प्रेस स्वतन्त्रताका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयाे । कार्यक्रम प्रेस चाैतारी नेपाल रामेछापका अध्यक्ष यूनिक विफा घिसिङको अध्यक्षता भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै