2026-07-05 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेता किरातीलाई कारवाही गर्न १९ माओवादी नेताहरुको माग (पत्र सहित)

माघ २३, काठमाडौं । माओवादी केन्द्रका नेता एवम् प्रदेश नम्बर १ का इन्चार्ज गोपाल किरातीलाईई कारवाही गर्न माओवादी केन्द्रका १८ जना पोलिटब्युरो सदस्यहरुले माग गरेका छन् ।

नेताहरुले आगामी २५ र २६ गते तय भएको प्रदेश सचिवालयको बैठक किरातीको नेतृत्वमा नबस्ने समेत बताएका छन् । प्रचण्डलाई पत्र लेख्दै १९ जना नेताहरुले किरातीलाई कारवाहीको माग गरेका हुन् । 

पत्र अनुसार किरातीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको निर्णयको उल्लंघन गरेको, जिम्मेवारी बहन नगरेको र वाम गठबन्धनविरुद्ध बिभिन्न कृयाकलाप गर्दै हिँडेको भन्दै उनको नेतृत्वमा आगामी बैठक बस्न नसक्ने  भन्दै प्रचण्ड स्वयमको नेतृत्वमा मात्र बैठक बस्ने बताएका छन् । उनीहरुले प्रचण्डलाई लेखेको पत्रमा किरातीलाई कारवाहीको माग समेत गरेका छन् । 

प्रदेश नम्बर १ का किरातीसँग माओवादी नेताहरु रुष्ट हुनुको कारण माओवादी संयोजक सावित्रीकुमार काफ्लेकी श्रीमती विना पोखरेललाई राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउनु रहेको बुझिएको छ । सहिद परिवारलाई बेवास्ता गर्दै पोखरेललाई टिकट दिलाउन किरातीले भूमिका खेलेको नेताहरुको आरोप छ ।

प्रचण्डलाई लेखिएको पत्रमा माओवादी केन्द्र सचिवालय सदस्य टंक आङबोहाङको नाम पहिलो नम्बरमा छ ।  पत्रमा कुल १९ जनाको नाम उल्लेख गरिएको छ ।  

हेर्नुहोस् प्रचण्डलाई लेखिएको पत्र यस्तो छ:- 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै