2026-07-05 06:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति र उपराष्ट्रपति पद एउटै व्यक्तिले दोहोर्‍याउन हुँदैन्: खनाल

2018-02-06

माघ २३, काठमाडौं । एमाले बरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति र उपराष्ट्रपति जस्ता महत्वपूर्ण पद्मा एउटै व्यक्तिको कार्यकाल दोहोर्‍याउन नहुने बताएका छन् ।

कतारमा भएको आईक्याप सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग उनले एमाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल फेरि नदोहोर्‍याउने पक्षमा रहेको दावी गरे ।

उनले पार्टीमा महत्वपूर्ण योगदान गरेका धेरै बिशिष्ट व्यक्ति रहेकाले कसैको व्यक्तिगत इच्छा पूरा गर्न नसकिने बताए । पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्ने संकेत खनालको थियो । 

वरिष्ठ नेता खनालले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया छिट्टै निश्कर्षमा पुग्ने दावी समेत गरे । उनले विचार र संगठनात्मक समस्या समाधान गर्न दुई पार्टीबीच छलफल भइरहेको जानकारी पनि दिए ।

‘पार्टी एकताको प्रक्रिया आफ्नै ढंगले अघि बढेको छ । हामी चाँडो भन्दा चाँडो एकता गर्ने कोशिसमा छौं । पार्टी एकताका लागि वैचारिक र संगठनात्मक समस्याहरु समाधान गर्ने विन्दुमा हामी छौं । चाँडै नै यी समस्याहरु समाधान हुन्छन्’ उनले भने ।

उनले भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणले दुई देशको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै