2026-07-05 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

आर्थिक समृद्धिको मुद्दा सडकबाट उठाउँछौँ: उपप्रधानमन्त्री थापा

2018-02-06

माघ २३, दोलखा | नेपाल सरकारका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले जनताको आर्थिक समृद्धिको मुद्दा अब सडकबाट उठ्ने बताउनुभएको छ । 

स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनमा जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडकमा पु¥याएकाले अबका दिनमा सडकबाटै जनताका एजेण्डा स्थापित गराउने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव नजिकिँदै गर्दा पार्टीमा आएको फुट, देशी–विदेशी शक्तिको चलखेल, नेपाली काँग्रेससँग मिलेर चुनावमा जानु र आफ्ना उम्मेदवार कम स्थानमा उठाएका कारण चुनावमा नराम्रो पराजय बेहोर्नु परेको हो ।” 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षणका लागि दोलखाको सदरमुकाम चरिकोट आउनुभएका ऊर्जामन्त्री थापाले वर्तमान सरकारको आयु फागुनको दोस्रो सातासम्म रहेको बताउनुभयो । थापाले भन्नुभयोे, “देश समृद्धिको कडी जलविद्युत् क्षेत्र रहेकाले माथिल्लो तामाकोशीको निरीक्षण गर्न आएको हुँ ।” 

राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले भ्रष्टाचार र बेथितिविरुद्ध सडकबाटै खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै