2026-07-05 08:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा चुनाव: वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट (सुचिसहित)

2018-02-08

माघ २५, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । 

५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो । त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो ।

परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको छ । बुधबार २ नं प्रदेशबाहेकका ६ वटा प्रदेशहरुमा मतदान भएको थियो । २ नम्बरमा सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएपछि चुनाव नभएको हो ।

प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता/अल्पसंख्यकसहित ५६ जना निर्वाचित हुनुपर्नेछ । ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तीमा एक महिलासहित तीनजना मनोनित गर्ने संवैधानिक व्यवस्था छ । 

कसले कहाँ जिते ?

प्रदेश १


नैनकला ओझा (एमाले/निर्विरोध)

बिना पोखरेल (माओवादी/निर्विरोध)

सरिता प्रसाईं (कांग्रेस/निर्विरोध)

पर्शुराम मेघी गुरुङ (एमाले/निर्विरोध)


रमेशजंग रायमाझी (कांग्रेस/निर्विरोध)

हरिचरण शिवाकोटी (एमाले/निर्विरोध)

खेम नेपाली (एमाले/६,२७०)

अगमप्रसाद वान्तवा (एमाले/६,१३८)


प्रदेश २


शशिकला दाहाल (माओवादी/निर्विरोध)

मुक्ताकुमारी यादव (कांग्रेस/निर्विरोध)

प्रमिलाकुमारी यादव (संसफो/निर्विरोध)

जितेन्द्र देव (कांग्रेस/निर्विरोध)


रमेश यादव (राजपा/निर्विरोध)

सुमन प्याकुरेल (एमाले/निर्विरोध)

रामप्रित पासवान (संसफो/निर्विरोध)

वृशेषचन्द्र लाल (राजपा/निर्विरोध)


प्रदेश ३


धनकुमारी खतिवडा (कांग्रेस)

उदया शर्मा पौडेल (एमाले)

दिलकुमारी रावल (एमाले)

सिंगबहादुर विश्वकर्मा (एमाले)


रामचन्द्र राई (एमाले)

राधेश्याम अधिकारी (कांग्रेस)

बलरामप्रसाद बाँस्कोटा (एमाले)

रामबहादुर थापा (माओवादी/३,३९६)


प्रदेश ४


प्रकाश पन्थ (कांग्रेस/निर्विरोध)

विन्दादेवी आले (कांग्रेस२२७४)

दिपा गुरुङ (एमाले१७१६)

शान्तिकुमारी अधिकारी जिसी (एमाले१५१२)


सुरेन्द्रराज पाण्डे (कांग्रेस/२,२६२)

गणेशप्रसाद तिमिल्सिना (एमाले/१,७८२)

दिनानाथ शर्मा (माओवादी/१,५३०)

खिमकुमार विक (माओवादी/३,३९६)


प्रदेश ५


कोमल वली (एमाले/निर्विरोध)

मीना बुढा (एमाले/निर्विरोध)

अनिता देवकोटा (कांग्रेस/निर्विरोध)

दुर्गाप्रसाद उपाध्याय (कांग्रेस/२,४१८)


खिमलाल भट्टराई (एमाले/३,००६)

चन्द्रबहादुर खड्का (माओवादी/२,२८०)

रामलखन चमार (एमाले/५,५०८)

राजकुमार कुँवर (माओवादी/५,३४०)


प्रदेश ६


कविता बोगटी (एमाले)

नन्दा चपाई (एमाले)

यूटोल तामाङ (माओवादी)

नरपति लुवार (एमाले/३,६६६)


जीवन बुढा (माओवादी/३,७२०)

ठगेन्द्रप्रकाश पुरी (एमाले)

भैरवसुन्दर श्रेष्ठ (एमाले)

कालीबहादुर मल्ल (माओवादी)


प्रदेश ७


तारादेवी भट्ट (कांग्रेस/निर्विरोध)

कमला ओली (एमाले/निर्विरोध)

इन्दु कडेरिया विष्ट (एमाले/निर्विरोध)

बद्रीप्रसाद पाण्डे (कांग्रेस/निर्विरोध)


शेरबहादुर कुँवर (एमाले/निर्विरोध)

हरिराम चौधरी (माओवादी/निर्विरोध)

चक्रप्रसाद स्नेही (एमाले/३,७०८)

महेशकुमार महरा (माओवादी/३,७०८)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै