2026-07-24 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कर्णालीका सांसद एउटै मञ्चमा सम्मानित

माघ २६, सुर्खेत । कर्णाली बौद्धिक मञ्च सुर्खेतले एकै थलोमा बिभिन्न पार्टीबाट विजयी साँसदहरुलाई सम्मान गरेको छ । 

सम्मान कार्यक्रममा बोल्दै साँसद महेन्द्रबहादुर शाहीले समृद्ध कर्णाली प्रदेश निर्माण गर्ने अभिभारा जसरी पनि पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । सभासद नरेश भण्डारीले सुनको सिरानी हालेर नुनको खोजी गर्ने दिनहरु अब टाढिएकोमा खुसी व्यक्त गरे ।

साँसद जीवनबहादुर शाहीले कर्णाली प्रदेशको विकासका लागि उदारा भाषण नगरी काम गर्नु पर्ने समय आएको बताए । साँसद शोसीला शाही, दिनबन्धु श्रेष्ठ, डा. नन्दबहादुर सिंह लगायतका बक्ताहरुले समृद्ध प्रदेश निर्माणका लागि हातेमालो गर्नु पर्नेमा जोड दिए। 

कर्णालीका सबै साँसदहरुलाई दलगत स्वार्थभन्दा माथि उठेर विकासका मुद्धामा ऐक्यबद्धता गर्ने वातावरण सिर्जना गर्न एउटै मञ्चमा सबै दलका साँसदलाई सम्मान गरिएको मञ्चका अध्यक्ष लक्ष्मण सिंहले बताए ।

यसैबीच, नेकपा माओवादी केन्द्र कालीकोटले राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका सभासद्लाई सुर्खेतमा बिहीबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । वाम गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रबाट बिजयी कालीबहादुर मल्ल, जीवन बुढा र यूटोल तामाङ्गलाई सम्मान गरिएको हो ।

प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्र कालीकोटका इन्चार्ज दुर्गबहादुर रावतको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले समाजवादको आधार प्रदेश नं. ६ बाट सुरु हुने दाबी गर्दै १० बर्षभित्र यो प्रदेश समृद्ध प्रदेश बन्ने दाबी ठोकुवा गरे । 

कार्यक्रममा पूर्वगृहमन्त्री तथा प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले जल, जमिन र जडिबुटीको उपयोग गरी समृद्ध देश बनाउने जिम्मा बामगठबन्धनलाई जनताले दिएकाले त्यसको कार्यान्वयन हुनेमा आशावादी हुन सबैलाई आग्रह गरे ।

बस्नेतले जनताको आकांक्षा विपरित नगई पार्टी एकताको प्रक्रिया तत्काल टुग्याउन पहल भइरहेको बताए । सो अवसरमा प्रदेश सभासद तथा मुख्य मन्त्रीको आकांक्षी महेन्द्रबहादुर शाहीले जनताले दिएको जिम्मेवारी इमान्दारी पूर्वक पुरा गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक