२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

२ नम्बर प्रदेशमा लालबाबु मुख्यमन्त्री पक्का

२०७४, २७ माघ शनिबार १६:४२

माघ २७, काठमाडौं | प्रदेश नम्बर २ मा फोरम र राजपाको संयुक्त सरकार हुने पक्का भएको छ । 

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच शनिबार पदको बाँडफाँड भएसँगै २ नम्बर प्रदेशमा मधेसवादी दलको  मात्रै सरकार बन्ने पक्का भएको हो । शनिबार भएको २ दलको बैठकले २ नम्बर प्रदेशमा मुख्यमन्त्रीसहित ३ वटा मन्त्रालय र उपसभामुख फोरमले पाउने सहमती भएको छ । 

सहमति अनुसार सभामुखसहित ३ वटा मन्त्रालय राजपाले पाउनेछ । फोरमले मुख्यमन्त्रीसहित आन्तरिक मामला तथा कानुन, आर्थिक तथा योजना र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ भने राजपाले सभामुखसहित भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय पाउने पक्का भएको छ । 

प्रदेश २ मा मुख्यमन्त्री पाउने सहमति गरेको फोरमले यसअघि नै लालबाबु राउतलाई संसदीय दलको नेता चुनिसकेकाले राउत नै प्रदेश नम्बर २ को मुख्यमन्त्री हुने पक्का भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार