2026-07-05 10:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसले टुंगो लगायो समानुपातिक सूची, हेर्नुहोस् को को परे

2018-02-12

भीष्मराज ओझा /  माघ  २९, काठमाडौँ | नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक स्थानको नामावली टुंगो लगाएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो । समानुपातिक सूचीमा खस÷आर्य (पुरुष) तर्फ बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहन पाण्डे चयन हुनुभएको छ । त्यस्तै खस÷आर्य (महिला) तर्फ सुजाता कोइराला, पुष्पा भुसाल, डा डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा रहनुभएको छ । 

आदिवासी÷जनजाति (पुरुष) तर्फ बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी चयन हुनुभएको सचिव रिजालले राससलाई बताउनुभयो । आदिवासी÷जनजाति (महिला) तर्फ ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ र मीना सुब्बा हुनुहुन्छ । 

मधेशी (पुरुष) मा विनोद चौधरी, स्मृतिनारायण चौधरी र नगेन्द्रकुमार राय तथा मधेसी (महिला) तर्फ सीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा चयन हुनुभएको छ । त्यस्तै दलित (पुरुष)ं तर्फ मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र प्रकाश रसाइली चयन हुनुभएको छ भने दलित (महिला) तर्फ सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली हुनुहुन्छ । थारू (पुरुष) तर्फ पद्मनारायण चौधरी तथा थारु (महिला) तर्फ पार्वता डिसी चौधरी र नमिताकुमारी चौधरी हुनुहुन्छ । त्यस्तै मुस्लिम (पुरुष) मा अतहर कमाल मुसलमान र मुस्लिम (महिला) तर्फ सर्वतआरा खानम चयन हुनुभएको उहाँले जानकारी दिनुभयो । 

गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कूल २३ स्थानमा विजयी काँग्रेसबाट कुनै पनि महिला निर्वाचित हुन सकेका थिएनन् । त्यस्तै माघ २४ गते सम्पन्न संघीय सदनको माथिल्लो सदन राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल १३ स्थानमा विजयी भएको काँग्रेसका छ महिला विजयी भएका थिए । 

कानूनी प्रावधानअनुसार दुवै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिला सहभागिता सुनिश्चत गराउनुपर्ने प्रावधान छ । त्यसैले काँग्रेसले प्राप्त गरेको प्रतिनिधिसभाको समानुपातिक स्थानमध्ये २० महिलालाई पठाउने निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । पार्टीले आजै सो नामावली आयोगमा बुझाएको छ । 

आयोगले शुक्रबार समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे औपचारिक रुपमा जानकारी दिँदै यसअघि बन्दसूचीमा पेश गरिएको नामलाई समावेशिताको आधार मिलाएर आजसम्म पठाउन दलहरुलाई पत्राचार गरेको थियो । 

आयोगका अनुसार समानुपातिकतर्फ नेकपा (एमाले) ले ४१, नेपाली काँग्रेसले ४०, नेकपा (माओवादी केन्द्र) ले १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ÷छ स्थान प्राप्त गरेका छन् । नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभा(तीन जना राष्ट्रपतिबाट मनोनीतसमेत) गठन हुने प्रावधान छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै