नेकपा माओवादी केन्द्र पर्वत जिल्ला ईन्चार्ज तथा ४ नम्वर प्रदेश सभासद् नेत्र अधिकारी हिमालले २३ औ जनयुद्ध दिवस तथा वाईसियल पर्वतको जिल्ला भेलाको अवसरमा कुश्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


नेकपा माओवादी केन्द्र पर्वत जिल्ला ईन्चार्ज तथा ४ नम्वर प्रदेश सभासद् नेत्र अधिकारी हिमालले २३ औ जनयुद्ध दिवस तथा वाईसियल पर्वतको जिल्ला भेलाको अवसरमा कुश्मा"/>
2026-07-05 10:01 AM
पर्बत - PBT

जनयुद्ध दिवसलाई सम्झदै सांसद नेत्रनाथ अधिकारीले भने–२३ बर्षको सपना अब पाँच बर्षमा पुरा गर्नुछ

2018-02-13



नेकपा माओवादी केन्द्र पर्वत जिल्ला ईन्चार्ज तथा ४ नम्वर प्रदेश सभासद् नेत्र अधिकारी हिमालले २३ औ जनयुद्ध दिवस तथा वाईसियल पर्वतको जिल्ला भेलाको अवसरमा कुश्माबजारमा मंगलबार बोल्दै समृद्धि र समाजवादको लागि युवाहरु श्रममा लाग्नुपर्ने बताए । सभासद् अधिकारीले युवाले नै परिवर्तनको बाहक भएकाले युवाहरु ईमान्दारीका साथ देशविकासमा लाग्नुपर्नेमा जोड दिएका छन् । अधिकारीले अव ५ वर्षका लागि साझा व्यक्ति ४ नम्वर प्रदेशको सभामुख हुनुपर्ने भएकाले जिल्लापार्टिलाई चुस्त दुरस्त राख्न पार्टी पङ्गतीलाई आग्रह गरेका थिए ।

पर्वत जिल्ला वाईसियल भेला आयोजक समितिका संयोजक हरिपौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहईन्चार्ज गुप्तबहादुर हमाल, गगन बहादुर थापा लगायतले बोलेका थिए ।
यसैबिच वाईसियल तेस्रो जिल्ला सम्मेलन अयोजक समितिको अध्यक्षमा भोज बहादुर परियार चयन भएका छन् ।

३९ सदस्यीय आयोजक समिती रहेको वाइसियल पर्वतको तेस्रो जिल्ला सम्मेलनका लागि उपाध्यक्षमा रुपक भट्ट, कमल लामिछाने, वलराम नेपाली, डण्डपाणी भट्टराई चयन भएका छन् त्यसैगरी सचिवमा लील क्षेत्री, कृष्ण, सहसचिवमा प्रवेश पुर्जा, किसान विक, सूर्य मल्ल थापा रहेका छन् त्यसैगरी सदस्यहरुमा एलिस परियार, सन्देश भुजेल, हेम बहादुर पुन, श्याम पुन, राजु विक, अमिर परियार, भीम फकामी, मुरारी सुवेदी, प्रमानन्द चापागाई, युवराज न्यौपाने, प्रदिप सुवेदी, नारायण पौडेल, कृष्ण विक, विष्णु भुसाल, प्रेम शर्मा लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै