2026-07-05 10:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी एकता टुङ्ग्याउन बुधबार संयोजन समितिको बैठक

रमेश लम्साल | फागुन १, काठमाडौँ (रासस) | नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतालाई अन्तिम रुप दिन बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । 

ललितपुरमा आज एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको एक्ला एक्लै छलफलका क्रममा सो सहमति भएको हो । 

पार्टी एकतालाई सार्थक निष्कर्षमा पुर्याउने र सरकार गठन अगावै एकीकृत पार्टीको खाका तयार पार्ने लक्ष्यका साथ दुई पार्टीका अध्यक्षद्वयले निरन्तर संवाद गर्दै आउनुभएको छ । 

“पार्टी एकतालाई सरकार गठन अगावै टुंगो लगाउने लक्ष्यका साथ आजको बैठक अत्यन्तै सकारात्मक दिशामा सकिएको छ, बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ”, अध्यक्षद्वयबीच भएको छलफललाई उद्धृत गर्दै अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भन्नुभयो । 

सोमबार अध्यक्ष ओली र अध्यक्ष दाहालबीच पार्टी एकतालाई अगाडि बढाउने सन्दर्भमा दुवै अध्यक्ष नै पार्टीमा रहने गरी मध्यमार्गी प्रस्तावमा सहमति भएको थियो । 

आजको बैठकमा त्यसको खाका, सांगठनिक तथा राजनीतिक वैचारिक विषयमा समेत मतैक्यता कायम गरिएको जनाइएको छ । तर कसरी मतैक्य भयो भन्ने बारेमा भने सार्वजनिक रुपमा केही बताइएको छैन । “सम्भवतः सरकार गठन अगावै पार्टी एकता गर्ने गरी छलफल भएको छ, छलफल असाध्यै सकारात्मक छ”, अध्यक्ष दाहालका स्वकीय सचिव महराले भन्नुभयो । 

गत असोज १७ गते पार्टी एकतासहित वामगठबन्धन गरेका दुई दल एमाले र माओवादीबीच पछिल्लो दिनमा एकताको पक्षमा ठोस प्रगति नभएपछि विभिन्न कोणबाट आशंकाहरु व्यक्त भएका थिए । त्यसो त नेताहरुले वार्ता सहमति नजिक पुगेको बताउँदै आएका थिए । सोमबार र आजको छलफलपछि एकताले मूर्त रुप लिएको बताइएको छ । 

आगामी महाधिवेशनसम्म एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अंगीकार गरेको माओवाद र जनताको बहुदलीय जनवादमा रहेका समान धारणालाई एकीकृत गर्ने विषयमा समेत नेताहरुबीच सहमति भएको जनाइएको छ । 

यस्तै, पार्टीका शीर्षनेताको विषयमा सहमति भएको छ भने स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा रहने नेताका सम्बन्धमा पार्टी एकता संयोजन समितिले कार्यदल बनाएर हल गर्ने विषयमा नेताहरुबीच सहमति भएको बताइएको छ । तर यी विषयमा शीर्ष नेताले सार्वजनिक रुपमा केही बताएका छैनन् । 

एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै