फागुन २, काठमाडौ | उपप्रधानमन्त्री कमल थापाले ऊर्जा र शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आज औपचारिकरुपमा बिदाइ लिनुभएको छ । 

ती दुवै मन्त्र"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २, काठमाडौ | उपप्रधानमन्त्री कमल थापाले ऊर्जा र शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आज औपचारिकरुपमा बिदाइ लिनुभएको छ । 

ती दुवै मन्त्र"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उप्रप्रधानमन्त्री थापा मन्त्रालयबाट बिदाइ

२०७४, २ फाल्गुन बुधबार १०:१२


फागुन २, काठमाडौ | उपप्रधानमन्त्री कमल थापाले ऊर्जा र शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आज औपचारिकरुपमा बिदाइ लिनुभएको छ । 

ती दुवै मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा उहाँको बिदाइ गरिएको हो । ऊर्जा मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उपप्रधानमन्त्री थापाले मुलुकको विकासमा आफ्नो कार्यकालमा महत्वपूर्ण निर्णय भएको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो– “मन्त्रालयमा आउँदा मैले आफ्नो मर्यादा र सीमा बुझेको थिए, धेरै महत्वकांक्षी थिएन, बूढीगण्डकीजस्तो राष्ट्रिय गौरवको आयोजना नेपाली पूँजीमा निर्माण गर्नेजस्ता ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण निर्णय र कार्य योजना तयार भएका छन् ।” 

ऊर्जा मन्त्रालयका सचिव अनुप शर्मा र शहरी विकास मन्त्रालयमा सचिव जीतेन्द्रनाथ शर्माले उपप्रधानमन्त्री थापाको बिदाइ गर्दै उहाँको कार्यकालमा कुनै राजनीतिक दबाब र प्रभाव झेल्नु नपरेको भनी सन्तोष व्यक्त गर्नुभयो । 

वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाबाट एक दुई दिनभित्रै राजीनामा आउने चर्चा चलेको बेला उपप्रधानमन्त्री थापाले आज आफूले जिम्मेवारी सम्हाल्नुभएको मन्त्रालयबाट बिदाइ हुनुभएको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ