2026-10-15 09:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महेन्द्र बहादुर शाहीको यात्रा: लडाकुदेखि मुख्यमन्त्री सम्म

दलसिंह गिरी/फागुन ३, सुर्खेत । महेन्द्र बहादुर शाही (प्रदेश नं. ६ का नव नियुक्त मुख्यमन्त्री) वि.सं.२०३३ साल माघ १५ गते कालिकोट जिल्लाको बिकट क्षेत्र पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस) वडा नं. ९ कोटिलामा मध्यमबर्गीय परिवारमा जन्मिएका हुन् । 

बाबु लाल बहादुर शाही र आमा रनकौडा शाहीको कोखबाट जन्मिएका शाही जन्मिएको करिव २ बर्षका हुदा बुवाको असामयीक निधन भई बाबु विनाका टुहुरा भएका थिए । एकल आमाको पालनपोषण मै हुर्किएका शाही गाउकै स्थानीय विद्यालयमा एसएलसी सम्म अध्ययन गरेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनबाट प्रदेशसभा कालिकोट क्षेत्र नं. ख बाट निर्वाचित भै प्रदेश ६ को मुख्यमन्त्री बन्ने सुनौलो अवसर प्राप्त गरेका शाही आज विहिवार प्रदेश प्रमुख दुर्गाकेशर खनालले बाट मुख्यमन्त्रीमा नियुक्ती पाएका छन् । 

वाम गठबन्धनको केन्द्रस्तरीय सहमति अनुसार प्रदेश ६ को मुख्यमन्त्रीको जिम्मेवारी पाएका शाही अबको ५ बर्ष पुरै मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । 

सरकार गठनको सुरुवातमा एमाले र माओवादी विच मुख्यमन्त्रीका लागि आलोपालो नेतृत्व गर्ने बहस चलेपनि अन्तत आज बिहीबार पुरै कार्यकाल मुख्यमन्त्री शाहीले नै चलाउने सहमती भै आजै जिम्मेवारी सम्हालेका हुन् ।

आज बिहीवार मुख्यमन्त्री नियुक्त भएका शाहीले भोलि (शुक्रबार) सपथ लिने प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रबाट संसदिय दलको नेता समेत भएका शाहीको नेतृत्वमा शुक्रबार नै मन्त्रिमण्डल विस्तारको प्रक्रिया शुरु हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

तत्कालिन नेकपा माओवादीको जनमुक्ती सेनाको छैटौ डिभिजन कमाण्डार रहेका शाही पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिन्छन् । नेपालको दोश्रो पटक भएको संविधान सभाको निर्वाचनबाट कालिकोटबाट सभासद भएका शाही, तत्कालिन देउवा सरकारमा उर्जामन्त्रालयको जिम्मेवारी सम्हाली देशैभरको लोडसेडिङ हटाउने अभियानमा लागेका थिए ।

माओवादी पार्टीभित्र राजनीतिक र फौजी दुबै मोर्चामा काम गरेका शाही तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि मिडियामा एकाएक चर्चामा आएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने