2026-08-30 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मुख्यमन्त्री शाहीको जनयुद्द देखी आजसम्मको यात्रा यस्तो छ

फागुन ४, सुर्खेत | नेकपा (एमाले) ६ नं प्रदेशले राखेको आलोपालो प्रस्तावले नेकपा (माओवादी केन्द्र)लाई मुख्यमन्त्रीको दाबी पेश गर्न दुई दिनसम्म निकै सकस बनायो । बारम्बार केन्द्रीय कार्यदलको बैठकको निर्णय कार्यान्वयनका लागि केन्द्रीय नेतृत्वलाई नेकपा (माओवादी केन्द्र), सुर्खेतले दबाब दिइरह्यो । 

अन्तत: कार्यदलको निर्णयलाई कार्यान्वयन गर्ने अन्तिम निष्कर्षका साथ एमालेले आफ्नो अडान फिर्ता लियो र पछि उसकै समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभयो जसबाट ६ नं प्रदेश सरकार गठनको ढोका खुलेको छ । 

को–हुन् मुख्यमन्त्री शाही ? 

विसं २०३३ साल माघ १५ गते आमा रणकौडा र बुबा लालबहादुर शाहीका सुपुत्रका रुपमा जन्मनुभएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटको पचाल झरना गाउँपालिका (साबिकको नानीकोट–८, कोटिलागाउँ निवासी हुनुहुन्छ । सानैदेखि विद्रोही स्वभावका शाही विद्यालय पढ्दादेखि नै क्रान्तिप्रति झुकाव राख्नु हुन्थ्यो । २०४८ सालबाट नेकपा (मसाल एकता केन्द्र)बाट आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभएका शाही बडिमालिका मावि, स्युना, रासकोट, कालीकोटबाट एसएसली परीक्षा दिएपछि २०५२ सालमा तत्कालिन नेकपा (माओवादी)ले थालनी गरेको सशस्त्र जनयुद्धमा सरिक हुनुभयो । उहाँले २०५३ सालमा मध्य पश्चिमाञ्चलको गुरिल्ला गठनमा सदस्यदेखि लडाकु जीवनमा प्रवेश गर्नुभएको थियो । 

राजनीतिक र फौजी दुवै मोर्चामा कुशल सैन्य नेतृत्व सम्हाल्दै सशस्त्र युद्धमा सामेल हुनुभएका शाही पश्चिम नेपालको बुटवलदेखि दार्चुलासम्म हुने जुनसुकै जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । शान्ति प्रक्रिया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा महत्वपूर्ण भूमिका पूरा गर्नुभएका उहाँले शुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर र बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गर्न सफल हुनुभयो । 

नेपाली सेनामा समायोजन गर्दाका बेलामा सम्मानजनक पद नपाएपछि उहाँ पार्टीको मूलधारको राजनीतिमा आउनुभएका थियो । २०७० सालको संविधानसभा निर्वाचनमा कालीकोटबाट संविधानसभा सदस्यमा निर्वाचित उहाँले संविधान सभामा पनि महत्वपूर्ण भूमिका खेल्नुभयो । ०७० को निर्वाचनमा तेस्रो शक्ति बनेको माओवादी केन्द्रबाट निर्वाचित सदस्यका हैसियतले संविधान निर्माणका बेला चुनौतीको सामना गर्न शाही बेलाबेलामा अग्र भागमा देखिनुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग प्रस्ताव संसद्मा दर्ता गरेपछि निकै चर्चामा आउनुभएका उहाँलाई पछिल्लो समयमा पार्टीले ऊर्जामन्त्री बन्ने अवसर दिएको थियो । त्यसपछि गएको मंसिर १० र २१ गते सम्पन्न ऐतिहासिक संघ तथा प्रदेशसभाको चुनावमा कालीकोट (ख)बाट वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा (माओवादी केन्द्र)बाट उहाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । 

त्यसैगरी, उहाँलाई नेकपा (माओवादी केन्द्र)ले फागुन २५ गते प्रदेशसभा संसदीय दलको नेता चुनेको थियो । मुख्यमन्त्री बन्न नेकपा (एमाले) संसदीय दलको आलोपालोको प्रस्तावले सामान्य अवरोध आएपनि अन्ततः एमालेकै समर्थनमा बहुमत सदस्यको हस्ताक्षरबाट २०७४ फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहीले ऐतिहासिक यात्रा तय गर्नुभएको छ । हाल उहाँ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति सचिवालय सदस्य हुनुहुन्छ । 

उहाँको परिवारमा आमा तथा वुवाको मृत्यु भैसकेको छ भने हाल एक दाजु र एक विवाहित दिदी हुनुहुन्छ । उहाँका धर्मपत्नी, दुई छोरा र एक छोरी हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने