Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रदेश ५ लाई अब्बल प्रदेशको रुपमा विकास गरिने: मन्त्री चौधरी

२०७४, ४ फाल्गुन शुक्रबार ०८:४७

फागुन ४, नवलपरासी | प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश नं ५ लाई देशकै उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवलस्थित शहीद विष्णु पाण्डेको शालिकमा माल्यार्पण कार्यक्रममा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

यस प्रदेशलाई भौतिक पूर्वाधारको हिसाबले स्तरोन्नति गरी चौतर्फी विकास गर्दै देशकै नमूना र सवल प्रदेशको रुपमा विकास गरिने उहाँले बताउनुभयो 

प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ बाट निर्वार्चित सदस्य हुनुहुन्छ । 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल–१ पथरहैया गाउँमा २०२२ साल असार १४ मा जन्मनुभएका चौधरी इन्जिनियरिङ पेशा बाट राजनीतिमा प्रवेश गर्नुभएको थियो। नेकपा (एमाले)को वैकल्पिक केन्द्रीय सदस्य उहाँ यसअघि जिल्ला विकास समितिको सभापति हुनुभएको थियो | रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ