2026-07-05 11:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेको छः मन्त्री पण्डित

2018-02-16

फागुन ४, काठमाडौँ | जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता अन्तिम चरणमा पुगेको बताउनुभएको छ । 

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री पण्डितले एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेकाले चाँडै एकता घोषणा हुने बताउनुभयो । 


मन्त्री पण्डितले केही दिनभित्रै विस्तार हुने मन्त्रिमण्डलमा माओवादी केन्द्र सहभागी हुने विश्वास व्यक्त गर्दै आफ्नो कार्यकालमा काठमाडौँको वातावरणलाई स्वच्छ बनाउनका लागि दत्तचित्त भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

सरकारको प्रमुख नीति तथा कार्यक्रम विकास केन्द्रित गतिविधिमा केन्द्रित हुने चर्चा गर्दै उहाँले भन्नुभयो, “हाम्रो चाहना सुखी तथा खुसी हुनुपर्छ, त्यसैका लागि हामी मरिमेटेर काम गर्छौं ।” 

मन्त्री पण्डितले वातावरणलाई मानवमैत्री बनाउनका लागि जनसंख्यालाई सन्तुलन बनाउनुपर्ने र यसका लागि जनसंख्या नियन्त्रणमा जोड दिइनेछ भन्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै