2026-07-05 11:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चुणामणि एक्लैले अरवौंको भ्रष्टाचार गर्न सक्छन् ?’ – सापकोटा

फागुन ५, काठमाडौँ | पुर्व संचारमन्त्री तथा माओवादी नेता अग्नि सापकोटाले चुणामणि शर्मा एक्लैले अरवौंको भ्रष्टाचार गर्न नसक्ने बताएका छन् । 

भ्रस्टाचारबिरुद्ध राष्ट्रिय अभियान नेपालका पदाधिकारीहरुसँगको भेटमा नेता सापकोटाले देशमा भ्रष्टाचारीहरुको ठूलो संयन्त्र रहेको भन्दै यस्तो संरचनालाई नतोडेसम्म देशमा अहिलेसम्म आएको परिवर्तन स्थापित गर्न नसकिने बताए । उनले भने 'चुणामणि एक्लैले कसरी भ्रष्टाचार गर्न सक्छन ? यसको जवाफ सरकार प्रमुखले दिनुपर्छ । चुणामणिको पछाडी धेरै भ्रष्टाचार गर्नेहरुको झुण्ड छ, जसको कारण अरवौंको भ्रष्टाचार सम्भव भएको छ । यस्ता भ्रष्टाचारीहरुकै कारण देशमा विकास र समृद्धि आउन सकेको छैन ।' 

नेता सापकोटाले निर्वाचनमा बाम गठबन्धनलाई जनताले भ्रष्टाचार बिरुद्ध लड्नकै लागि बहुमुत दिएको भन्दै अबको सरकारले ५ बर्षमा भ्रष्टाचार निर्मुल पार्ने कोसिस नगरे देशमा समृद्धि र विकास सम्भव नभएको बताए । उनले भने 'देशमा भ्रष्टाचार बिरुद्ध लड्ने गोविन्द केसी जस्ता जागरुक नागरिक पनि छन् । बाबुराम भट्टराई, गगन थापा जस्ता नेता केसीको पछाडी लाग्ने होइन, अब आफै भ्रष्टाचार बिरुद्ध नेतृत्व लिन सक्नुपर्छ ।' 

भेटका क्रममा भ्रस्टाचारबिरुद्ध राष्ट्रिय अभियान नेपालले राज्यमा भ्रष्टाचार गर्ने सबै कर्मचारीलाई एउटै नीति नभएको भन्दै जुनसुकै निकायका भ्रष्टाचारीहरुलाई सहजै कारवाहीको दायरामा ल्याउन नीतिगत बाटो बनाउनु पर्नेमा जोड दिएको छ । अभियानले अदालत, सुरक्षा निकाय तथा नीतिगत रुपमा हुने भ्रष्टाचार नियन्त्रणमा अबको सरकारले बिशेष ध्यान दिन ध्यानाकर्षण समेत गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै