2026-07-05 11:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवालाई स्वदेशमै रोजगारीको अवसर हुनुपर्छ : राजेन्द्रकुमार केसी

फागुन-६,काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद राजेन्द्रकुमार केसीले श्रम र रोजगारीसँग युवालाई जोड्न सके विकासको लक्ष्य पुरा गर्न सकिने बताएका छन् । उनले मुलुक संघीय संरचनामा गएसँगै अबको प्राथमिकता उपलब्ध स्रोत र साधनको परिचालन गरी युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । 


स्वतन्त विद्यार्थी युनियन जनप्रशासन क्याम्पसको आयोजनामा नयाँ विद्यार्थीको स्वागत तथा पुराना विद्यार्थीको बिदाई कार्यक्रमलाई संम्बोधन गदै सांसद केसीले  जनप्रशासन अध्ययन गरेर उत्र्तीण विद्याथीहरुको भूमिका निजामती सेवामा उल्लेख हुने बताए । निजामती सेवामा नैतिकता र इमान्दारीको खाँचो देखिएको भन्दै उनले सो पुरा गर्नतर्फ विद्याथीहरु लाग्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा जनप्रशासन क्याम्पस प्रमुख हरिभक्त शाहीले विद्यार्थीहरुको हक हितका लागि आफू सँधै तल्लीन रहेको बताए । 

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले समयानुकुल शिक्षालाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले समाज परिवर्तनका लागि विद्यार्थीको भूमिका उल्लेख्य हुने बताउँदै स्तरीय शिक्षाका लागि नेपाल विद्यार्थी संघ सदैव लागि पर्ने बताए ।


स्वतन्त्र विद्यार्थी युनियन जनप्रशासन क्याम्पसका सभापति पंकज केसीलले विद्यार्थीहरुको हक हित र सिकाई प्रभावकारिताका लागि स्ववियु सदैव तत्पर रहेको बताए । उनले क्याम्पसमा विद्यार्थीहरुलाई सहज तरिकाले अध्ययन  गर्ने वातवरण तयार गर्न स्ववियुले भूमिका निर्वाह गर्ने बताए । 


जनप्रशासन क्याम्पसमा देशको विभिन्न भूभागबाट उच्च शिक्षा अध्ययन गर्न आएका विपिए तथा एमपिएका विद्यार्थीहरुलाई स्वागत र अध्ययन पूरा गरेका विद्यार्थीहरुलाइ बिदाइ गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै