Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रजातन्त्रको संरक्षण र संवद्र्धन आवश्यक: पौडेल

२०७४, ७ फाल्गुन सोमबार १०:०४

फागुन ७, तनहुँ | नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रजातन्त्रको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । 

अठसट्ठियौँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति तनहुँद्वारा आज दमौलीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले संविधान कार्यान्वयनको चरणमा रहेकाले प्रजातन्त्र र लोकतन्त्रलाई जीवन्त राख्न तमाम नेपालीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

निर्वाचनपछि मुलुक आर्थिक समृद्धिमा अगाडि बढेकाले जनताले परिवर्तनको अनुभूति गर्ने उहाँको विश्वास छ । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कलिला खान, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, प्रदेशसभा सदस्यद्वय डोबाटे विक र सरिता गुरुङ, पूर्व सांसद रामचन्द्र पोख्रेल, एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, जिसस उपप्रमुख पवित्रा पौडेललगायतले लोकतान्त्रिक मूल्य मान्यताको उचित संरक्षण हुनुपर्ने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो