2026-07-05 01:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले-माओवादी मिलेर बन्नेभयो ‘नेपाल कम्युनिस्ट पार्टी’, विप्लवलाई हुनेभो तनाव !

फागुन ८, काठमाडौँ | नेकपा एमाले र माओवादी केन्द्र मिलेर अब एउटै कम्युनिस्ट पार्टी बनाउने भएका छन् । एकीकृत पार्टीको नाम 'नेपाल कम्युनिस्ट पार्टी' राखिने छ । जुन नाम यस अघि विप्लव नेतृत्वको पार्टीले समेत प्रचारमा ल्याएको नाम हो । 

केहि समय अघिसम्म विप्लव माओवादी भन्दै त्यसै नामले चिनिएको उक्त पार्टीको नाम पछिल्लो पटक 'नेपाल कम्युनिस्ट पार्टी' नै भनेर परिचित छ तर अब यही नाम भोलीनै एमाले-माओवादीले नयाँपार्टीको स्वरुपमा निर्वाचन आयोगमा दर्ता गर्ने भएपछी विप्लव नेतृत्वको पार्टीलाई तनाव हुने भएको छ  ।

माथिको तश्विरमा: विप्लव नेतृत्वले आफ्नो ब्यानरमा आफुलाई 'नेपाल कम्युनिष्ट पार्टी' नामले परिचित गराउंदै आएको छ | उसले पहिले नेपाल कम्युनिष्ट पार्टी माओवादी राख्दै आएपनि पछिल्लो समय 'माओवादी' शव्द राख्ने गरेको छैन । उसले दुईदिन अघि निकालेको बिज्ञप्तिमा समेत आफ्नो लेटरहेडमा पार्टीको नाम 'नेपाल कम्युनिष्ट पार्टी' मात्र उल्लेख गरेको छ |  


निर्वाचन आयोगको विवरण अनुसार स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको नाममा अर्कै पार्टी उल्लेख छ | जसको चुनाव चिन्ह कोदालो र घन राखिएको छ | तर प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकमा भने उक्त दलको नाम निशान छैन । यसको मतलव उक्त नाममा निर्वाचन आयोगमा विप्लव नेतृत्वको पार्टीले नाम दर्ता गरेको छैन । 

सोमबार एमाले र माओवादीबीच एकता लगत्तै आज (मंगलबार) नै नेपाल कम्युनिष्ट पार्टी नाम राखेर निर्वाचन आयोगमा दल दर्ता गर्ने बताइएको छ । यदी निर्वाचन आयोगले 'नेपाल कम्युनिष्ट पार्टी' को नाममै दल दर्ता गर्न दिएको खण्डमा विप्लवको पार्टीले आफ्नो नाम परिवर्तन गर्नुपर्ने बाध्यता हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै