2026-07-05 01:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पन्ध्र दिनभित्रमा प्रतिवेदन बुझाउन दुई कार्यदललाई जिम्मेवारी

2018-02-22

फागुन १०, काठमाडौँ | नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि गठित राजनीतिक र सांगठनिक दुई कार्यदललाई १५ दिनभित्र पार्टी एकताको खाकासहितको प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित बसेको दुवै कार्यदलको बैठकले १५ दिनभित्रमा पार्टी एकताको खाकासहित प्रतिवेदन बुझाउन जिम्मेवारी दिएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

यही फागुन ७ गते पार्टी एकता संयोजन समितिको बैठकले दुई कार्यदल गठन गरेको थियो । दुवै कार्यदलले पार्टी एकताका लागि तय गरिएको सात बुँदे आधारलाई टेकेर काम गर्ने ज्ञवालीले बताउनुभयो । राजनीतिक प्रतिवेदन तयार गर्नका लागि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अन्तरिम विधान मस्यौदा गर्नका लागि माओवादी केन्द्रका नेता रामबहादुर थापालाई जिम्मा दिइएको छ । 

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले चैतको पहिलो हप्ताभित्र पार्टी एकता गर्ने गरी छलफल अगाडि बढाइएको बताउनुभयो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै