2026-09-19 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताले परिवर्तनको महसुस गर्ने खालको काम गर्छु : मुख्यमन्त्री पौडेल (भिडियो सहित)


प्रज्वल पौडेल । फाल्गुन १२, काठमाण्डौ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले
जनताले परिवर्तनको महसुस गर्ने खालको काम गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाका
जनतालाइ प्रभावित पार्ने किसीमका योजना छनौट गर्न आग्रह गर्नुभयो । नेकपा एमाले
रामेछाप काठमाण्डौ सम्पर्क मञ्‍चले राजधानीमा गरेको एक कार्यक्रममा बोल्दै उहाँले
यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले विकास आफै नआउने भएकाले
कहाँबाट पाउने हो खोजेर ल्याउन लाग्‍नुपर्ने बताउनुभयो । उहाँले यो पहिलो आर्थिक
बर्षमा १३ वटै जिल्लाले १/१ वटा नमूना काम गर्नुपर्ने भएकाले आफ्नो जिल्लाको
आवश्यकता अनुसार योजना अगाडि बढाउनुपर्ने धारणा राख्‍नुभयो ।


मुख्यमन्त्री पौडेलले
विकास र समृद्धिका सबालमा भाषण मात्र नगरी काम गरेर देखाउने बताउनुभयो । उहाँले
भन्‍नुभयो –
"बजेटमा
सबै सरकारका राम्रा नीति र कार्यक्रम हेर्दा राम्रो भएपनि कार्यान्यन पक्ष फितलो
भएकाले नराम्रो देखियो । व्यवहारमा हेर्दा नीति र कार्यक्रम एक अक्षरमा पनि लागु
भएको छैन । व्यवहारमा नीति र कार्यक्रम भन्दा 
बाहिर रहेर काम गरेकाले विकासले गति लिएन ।
" अब हामी त्यसको विरुद्धमा लाग्‍ने र घोषणा गरेका
नीति कार्यक्रम कार्यान्यन गरेर प्रदेशलाइ समुन्‍नत बनाउने पौडेलले प्रतिवद्धता
व्यक्त गर्नुभयो ।
उहाँले सबैको साथ र सहयोगबाट मात्रै शान्त, समृद्ध एवम् विकसित प्रदेश निर्माणका हुने भएकाले सबैको सहयोग
आवश्यक रहेको बताउनुभयो ।
 



पौडेलले
६० भन्दा बढी कानुन बनाउनुपर्ने भएकाले कानुन निर्माण पश्चात मात्र प्रदेशको
हैसियत स्पष्ट भएर विकासले गति लिने धारणा राख्‍नुभयो । इजरायलको उदाहरण दिदै
मुख्यमन्त्री पौडेलले कृषिलाई व्यवसायीकरण र औद्योगीकरण नगरी मुलुक आर्थिक रूपमा
सबल नहुने भएकाले यसका लागि कृषिमा नयाँ संरचना र नीति नियमको आवश्यक रहेको धारणा
राख्‍नुभयो ।

कार्यक्रममा
सम्पर्क मञ्‍चले एमाले वरिष्ठ नेता झलनाथ खनाल, मुख्यमन्त्री पौडेल, रामेछाप जिल्लाका प्रतिनिधी र प्रदेश
सभाका सांसदलाइ बधाइ तथा सम्मानित गरेको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई