२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो बन्दैछ एमाले–माओवादीविच एकीकृत पार्टीको संरचना

२०७४, १२ फाल्गुन शनिबार १४:४६

फागुन १२, काठमाडौँ (रासस) | नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले संविधान प्रदत्त संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन् । 

दुई दलको आज बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको पहिलो बैठकमा नेपालको संविधानअनुसार नै पार्टी संरचनालाई संघीय ढाँचामा अगाडि बढाउने गरी छलफल शुरु गरेको छ । दुई पार्टीको संगठनात्मक अनुभव आदानप्रदानबाट कार्यदलले औपचारिक रुपमा काम शुरु गरेको एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयो । 

बैठकले यही फागुन २५ गतेभित्र कार्यदललाई तोकिएका काम सम्पन्न गर्न कार्यतालिका बनाएर अघि बढ्ने निर्णय गरेको छ । 

आजको बैठकमा एमाले र माओवादी केन्द्रका संगठनात्मक ढाँचा, अभ्यास तथा अनुभवका बारेमा एक अर्का पार्टीको जानकारी आदानप्रदान गर्ने काम भएको नेता विष्टले बताउनुभयो । 

माओवादी केन्द्रका नेता रामबहादुर थापाको अध्यक्षतामा बसेको कार्यदलको बैठकले अन्तरिम विधान मस्यौदा तयार पार्दा निश्चित विधि र मापदण्ड अपनाउनेसमेत निर्णय गरेको छ । कार्यदलको अर्को बैठक फागुन १५ गते मंगलबार एमाले केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्नेछ । 

कार्यदलमा एमाले महासचिव ईश्वर पोखरेल, सचिव विष्ट, नेताहरु रघुवीर महासेठ, सुरेन्द्र पाण्डे, बेदूराम भुसाल सदस्य हुनुहुन्छ भने माओवादीका तर्फबाट नेता थापा, वर्षमान पुन, मातृका यादव, गिरिराजमणि पोखरेल र जनार्दन शर्मा सदस्य हुनुहुन्छ । 

एमाले र माओवादी केन्द्रले यही फागुन महिनाभित्रै एकता प्रक्रियालाई टुंगो लगाउने गरी आवश्यक तयारी गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी एकताको आधार पूर्णरुपमा तयार पार्न कार्यदललाई यसअघि नै निर्देशन दिइसक्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू