2026-07-25 06:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

७ प्रदेश मध्ये एकको नाम टुङ्गो लाग्यो !

फागुन १२, सुर्खेत । संघीय संरचना अनुसार ७ प्रदेशमा छुट्टिएको नेपालमा पहिलो पटक प्रदेश ६ को नाम टुंगिएको छ । 

प्रदेश-६ को नाम कर्णाली नामाकरण भएको हो भने सुर्खेतको विरेन्द्रनगरलाई राजधानी तोकेको छ । शनिबार बसेको प्रदेशसभाको चौथो बैठकले अध्याधिक मतले प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो ।

संविधानले प्रदेशसभाको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै दिएको छ । बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गरे भने विपक्षी दल दलका नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेतको विरेन्द्रनगर बनाउने प्रस्ताव राखे ।

प्रदेशसभा दलहरुको सहमतिका आधारमा कँडेल र शाहीले प्रस्ताव राखेका हुन् । प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पास गरेको छ ।

४० सदस्यीय प्रदेशसभामा ३९ सांसद छन् । एक सांसदले रानीनामा दिएका छन् भने एक सभामुखले मत दिएनन् । प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावको पक्षमा ३७ जनाले मत दिएका छन् ।

त्यस्तै बैठकले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर राख्ने प्रस्ताव पनि दुई तिहाईले पारित गरेको छ । प्रस्तावको पक्षमा ३६ मत परेको छ भने विपक्षमा एक मत मात्र खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक