2026-07-05 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री पण्डितको एक्सन: सोल्टी र द्वारिकाजलाई कारवाही, ४ अस्पताललाई कारवाहीको पत्र

फागुन १३, काठमाडौँ | आम जनतामा आशाका केन्द्र बनेका मन्त्री लालबाबु पण्डितले आफ्नो एक्सन सुरु गरेका छन् । मन्त्री पण्डितले पाँच तारे होटल र अस्पताललाई कारवाही सुरु गरेका हुन् ।

मन्त्री पण्डितले मापदण्ड विपरीत काम गरेको भन्दै काठमाडौंका ठूला होटल र अस्पताललाई कारवाही सुरु गरेका हुन् । पण्डितले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) नगरी सेवा सञ्चालन गरेको आरोपमा आज काठमाडौंको पाँचतारे होटलहरु सोल्टी र द्वारिकाजलाई एक/एक लाख जरिवाना तिराउने निर्णय गरेका छन् ।

त्यस्तै काठमाडौंकै काठमाडौँ गेष्ट हाउस, सिटी होटललाई पनि १/१ लाख जरिवाना गराएको छ । त्यस्तै मन्त्री पण्डितले वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ विपरीत सञ्चालनमा नआएको पाइएपछि काठमाडौंका चारवटा ठूला हस्पिटललाई पनि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र काटेका छन् । मापदण्ड पूरा नगरी सञ्चालन गरिएको भन्दै मन्त्रालयले काठमाडौंको कलंकीमा सञ्चालित नेसनल हस्पिटल, महाराजगञ्जको अन्तर्राष्ट्रिय मैत्री बाल हस्पिटल, भृकुटीमण्डपको काठमाडौं मोडल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौं अस्पतालमाथि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र काटेको हो ।

मन्त्री पण्डितले आजै तनहुँको आँबुखैरेनी सिमेन्ट इन्डस्ट्रिज, मोरङको कमला रोलिङ मिल प्रालिलाई ५०/५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै