2026-07-05 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिद्वारा चार मन्त्रीलाई शपथ

2018-02-26

फागुन १४, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चार मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ दिलाइएको हो । 

आज शपथ लिने मन्त्रीमा ईश्वर पोखरेल, रामबहादुर थापा, मातृका यादव र डा युवराज खतिवडा हुनुहुन्छ । 

पोखरेल रक्षा, थापा गृह, यादव उद्योग, वाणिज्य तथा आपूर्ति र डा खतिवडा अर्थ मन्त्री बन्नुभएको छ । 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,नेकपा (एमाले)का नेता तथा कार्यकर्ता, नेपाल सरकारका कर्मचारी, सञ्चारकर्मीको उपस्थिति थियो । 

अर्थमन्त्री डा खतिवडा पहिलोपटक मन्त्री बन्नुभएको हो । यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहनुभएका डा खतिवडा वाम गठबन्धन सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लाग्नुभएको हो । यस्तै, गृहमन्त्री बन्नुभएका थापा तत्कालीन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रक्षा मन्त्री हुनुहुन्थ्यो । 

यस्तै, एमाले महासचिव पोखरेल यसअघि पनि मन्त्री भइसक्नुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव पनि यसअघि मन्त्री भइसक्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै