Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

होली विशेषमा बृद्धबृद्धासँग मुख्यमन्त्री शाही

२०७४, १७ फाल्गुन बिहीबार ०९:५०

दलसिंह गिरी/फागुन १७, सुर्खेत । बसन्त ऋतुको आगमन संगै फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बृद्धबृद्धाहरुसँग खुशी साटासाट गरी मनाउनु भएको छ । 

मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरको प्रशान्ती बृद्धाश्रममा पुगेर बृद्धबृद्धा संग खुशी साटासाट गरी होली मनाउनु भएको हो ।


होलीको अवसर पारी मुख्यमन्त्री शाहीले बृद्धबृद्धाहरुलाई कम्मल, फलफुल र केही नगद वितरण गरी होली मनाउनु भएको छ । कर्णाली पद्रेशका मुख्यमन्त्री शाहीले ‘भगवान खोज्दै धार्मिक स्थल धाउनुको सट्टा बृद्धाश्रम पुगेर बृद्धबृद्धाहरुको सेवामा लाग्नु पुण्य कमाउनु हो भन्दै सबै सचेत नागरिकले बृद्धबृद्धाहरुलाई माया तथा स्नेह प्रकट गरी सेवामा लाग्न आग्रह समेत गर्नु भएको छ ।

बृद्धबृद्धाहरुको सेवा गरिरहेको प्रशान्ती बृद्धाश्रमको प्रशंसा गर्दै शाहीले प्रशान्ती बृद्धाश्रमलाई कर्णाली प्रदेशकै नमुना बृद्धाश्रम बनाउने प्रतिवद्धता गर्नु भएको छ । 


हाल आश्रममा रहेका आठ जना बृद्धबृद्धाहरुको गुनासा सुन्दै शाहीले नागरिकता विहिन केही वृद्धाहरुलाई तत्काल नागरिकता प्रदानका लागि प्रक्रिया थाल्ने बताउनु भएको छ ।

मुख्यमन्त्री शाहीले प्रशान्ती बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ संग प्रत्यक्ष भेटगरी आश्रमको भौतिक पूर्वाधारको अवस्था र यसको आवश्यकताका बारे जानकारी लिनुका साथै आश्रमले हाल गरिरहेको कामको अनुगमन समेत गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ