2026-07-24 11:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजधानी सुरक्षाका लागि साइरन जडान

फागुन १८, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा साइरन जडान गरिएको छ ।

कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने प्रदेश सरकारको निर्णय अनुसार सुरुमा शुक्रबार वीरेन्द्रनगर नगरपालिका–६ प्रगतिनगर टोलमा साइरन जडान गरिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले साइरनको उद्घाटन गरेका हुन् ।

प्रगतिनगरमा राखिएको साइरन टोलका ६० जनाको मोवाइलमा सेट गरिएको छ । उनीहरुले नै टोलमा चोरी, डकैती, लुटपाट तथा अपराधिक क्रियाकलाप, प्राकृतिक प्रकोप जस्ता घटना भएमा साइरनको कोड पठाउन सक्नेछन् ।उनीहरुले कोड पठाउनेवित्तिकै साइरन बज्नुका साथै ६ जनाको मोवाइलमा म्यासेजमा जाने छ । 

जसमा ५ जना स्थानीयवासी छन् भने एउटा म्यासेस प्रहरीलाई जाने गरी मिलाइएको डिजिटल कर्णाली प्रदेश निर्माण कार्यदलका सदस्य डीएसपी वीरबहादुर वलीले जानकारी दिए ।

साइरनको उद्घाटन पछि कर्णाली प्रदेशका गृहमन्त्री नरेश भण्डारीले प्रदेशलाई डिजिटल बनाउने निर्णयअनुसार सवारीसधानमा जीपीएस जडानसँगै वीरेन्द्रनगरमा साइरन जडान गरिएको बताए ।उनले प्रदेशका शहर सुरक्षित नभएसम्म समृद्धिको बाटो नखुल्ने भन्दै पहिलो कदम स्वरुप शहर सुरक्षित गर्न साइरन जडान गरिएको बताए ।

कार्यक्रममा एआईजी रणबहादुर चन्दले पनि प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने भन्दै डिजिटल प्रदेश निर्माणको समेत आधार तयार गर्ने बताए ।यसअघि कर्णाली प्रदेशका सवारीसाधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक