2026-07-05 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश नं ३ को राजधानी सर्ने अर्थमन्त्री ढुङ्गेलको सङ्‍केत

फाल्गुण १९, रामेछाप ।

प्रदेश नम्बर ३ का अर्थ तथा
योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रदेशको राजधानी सर्ने सङकेत गर्नुभएको छ ।
अहिले भएका राजधानी अस्थायी राजधानी भएकाले दुईतिहाइको सहमतिमा स्थायी राजधानी
बनाउन सकिने संवैधानिक व्यवस्था रहेको उहाँले बताउनुभयो । प्रेस चौतारी नेपाल
जिल्ला शाखा रामेछापले शनिबार मन्थलीमा आयोजना गरेको एक कार्यक्रममा उहाँले यस्तो
बताउनुभएको हो ।  


 उहाँले भन्‍नुभयो -" प्रदेशको नाम र राजधानी कहाँ रहन्छ भन्‍ने विषय प्रदेश संसद बैठकले चाडै
टुङ्ग्याउँछ
" अर्थमन्त्री ढुंगेलले ३
नम्बर प्रदेशसँग गृह जिल्ला रामेछापलाई उच्च प्राथमिकतामा राखेर विकास निर्माणको
काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तीनलालको भूमी रामेछाप जिल्लाले देशको लागि बिचार दिएको बताउँदै उहाँले त्यसको
बदलामा अब रामेछापले विकास र समृद्धि पाउनु पर्ने बताउनुभयो ।

उहाँले ५ वर्ष भित्र
सबै गाउँपालिकाका केन्द्रसम्म पक्‍की बाटो
, सुक्खाग्रस्त क्षेत्रमा लिफ्ट खानेपानी र पर्यटन विकासलाई प्राथमिकतामा
राखेर काम गरिने बताउनुभयो ।  उहाँले मुलुकको
विकासका लागि सवै सकरात्मक सोचका साथ एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राख्‍नुभयो

अर्थ मन्त्री बने पश्चात गृह जिल्ला पुग्‍नुभएका ढुङ्गेललाइ जिल्लाबासीले भव्य
स्वागत समेत गरेका छन् । एमाले रामेछाप पार्टी कार्यालय र जिसस रामेछापमा समेत
उहाँलाइ स्वागत / सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै