2026-07-05 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा निकायको चुस्त परिचालन आवश्यक छ: गृहमन्त्री थापा

2018-03-04

फागुन २०, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले मुलुकको सुरक्षा अवस्था विशिष्ट मोडमा रहेको भन्दै यस घडीमा सुरक्षा निकायको चुस्त परिचालन अत्यन्तै महत्वपूर्ण हुने बताउनुभएको छ । 

सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित सिसं २ कमाण्ड तथा स्टाफ तालीमको दीक्षान्त समारोहलाई यहाँ आज सम्बोधन गर्दै गृहमन्त्री थापाले फौजमा नेतृत्वको निर्णय क्षमता एवं कार्यक्षेत्रमा त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र सोचेको सफलता हासिल हुने बताउनुभयो । 

जनताले परिवर्तित अवस्थाको अनुभूति राष्ट्रसेवकको पेशागत दक्षता तथा व्यवहारबाट अनुभूत गर्न पाउनुपर्ने गृहमन्त्रीको भनाइ थियो । 

त्यसका लागि आफू जनताको ‘शासक हैन सेवक’ भन्ने मान्यता राखी नेपाली जनताको सेवामा समर्पित हुन उहाँले आग्रह गर्नुभयो । 

स्टाफ कलेजको दोस्रो ‘ब्याच’का रुपमा आज दीक्षित भएका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई बधाई एवं शुभकामना दिँदै तालीममा आर्जन गरेको ज्ञान एवं क्षमतालाई कार्यक्षेत्रमा सफलतापूर्वक सदुपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “लामो तथा कठिन तालीमपश्चात् गतिशील विश्वमा देखा परिरहने विभिन्न आयामको सूक्ष्म अध्ययन एवं नेपाली समाजमा देखा परेका एवं भोलिका दिनमा देखा पर्नसक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको विश्लेषण गर्दै चुस्त सुरक्षा योजना एवं उचित कार्यान्वयन गरी देश तथा जनताको सेवा र सुरक्षामा तपाइँहरुले विशिष्ट योगदान पु¥याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।” 

कार्यक्रम त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा तीर्थराज खनियाँ र सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले आज दीक्षित भएकाले प्राप्त गरेको ज्ञान र शीपले कार्यक्षेत्रमा सफल परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा दीक्षित भएका प्रशिक्षार्थी तथा उत्कृष्ट प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै