Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले माओवादी एकतामा कुनै शंका छैन:केपी शर्मा ओली

२०७४, २१ फाल्गुन सोमबार ०७:५९

फागुन २१, काठमाण्डौ। प्रधानमन्त्री  केपी शर्मा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता हुनेमा कुनै शंका नरहेको बताएका छन् ।

सुखानीमा साहदत प्राप्त गर्नुहुने योद्धाहरुको सम्मानमा आयोजित ४५ औं सहिद स्मृति दिवशका अवरमा पार्टी कार्यलय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश निर्माणका लागि दुवै पार्टीका नेताहरु आफ्नो स्वार्थ त्याग्न तयार रहेको बताएका हुन् ।

 केही प्रतिक्रियावादीहरु एमालेका नेताहरु एकता गर्न मानेका छैनन् भनेर कुप्रचार गर्दैछन् उनले भने “एमालेमा सबै अनुभवी र खारिएका नेता भएकोले त्यस्ता प्रचारको कुनै अर्थ हुँदैन।” ‘एमाले त्यस्तो मुसा होइन जो प्रतिक्रियावादीले थापेको पासोमा फ्याट् परोस’ प्रधानमन्त्री ओलीको भनाई छ ।

सुखानीका सहिदहरुको बलिदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि सहिदहरुले देखाएको बाटोबाट आफू कहिल्यै विचलित नहुने प्रतिवद्धता जनाउनुभयो । पञ्चायती शासकले हत्या गरेका सुखानी ५ जना सहिद,दुर्गानन्द झा,भिमदत्त पन्त लगायतलाई सहिद घोषणा विगतका सरकारले कञ्जस्यांई गरेको ओलीले बताए । ‘दुईबर्ष अघि म प्रधानमन्त्री भएको बेला मात्र वहाँहरुलाई राज्यको तर्फबाट सहिद घोषणा गरियो ।’

प्रधानमन्त्री ओलीले सरकार सबै नागरिकलाई अधिकार,अवसर,सुरक्षा र सम्मानको प्रत्याभुत गर्न तयार रहेको बताए छ । ‘सहिदहरुले सामाजिक सद्ध्भाव,राष्ट्रिय एकता,शान्ती र सृमद्धिका लागि नै बलिदान गरेका थिए’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सहिदहरुको त्यो भावनाको हमी उच्च कदर गरेर काम गर्छौं ।’

वामगठबन्धनको बहुमतको सरकार देखेर केही मानिसहरु आतिएको बताउदै प्रधानमन्त्री ओलीले यसलाई विभिन्न वहानामा कमजोर पार्ने कोशिसहरु असफल हुने जिकिर गरे । कम्यूनिष्टहरुलाई फुटाएर फेरी आफ्नो राज स्थापना गर्न सकिन्छ कि भनेर कसैले सोच्नु सपनामा चकलेट खाए जस्तो मात्र हुने प्रधानमन्त्री ओलीको भनाई छ । ‘सपना चकलेट खाएको देख्यो ,व्यूझिंदा मुख गुलियो हुदैन’ कम्यूनिष्टलाई फुटाएर आफ्नो शासन चलाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यसको हविगत सपनाको चकलेट जस्तै हुन्छ ।

तत्कालिन शासकले पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन गरेको आरोपमा पक्राउ गरेका पाँच झापाली योद्धाहरु रामनाथ दाहाल,नेत्र घिमिरे,विरेन राजवंशी,कृष्ण कुंइकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सिमानाम पर्ने सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ