"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "/>
2026-07-05 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण एशियाको समृद्धिका लागि शान्ति अपरिहार्य

2018-03-06

फागुन २२, काठमाडौँ | पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीले दक्षिण एशियाको समृद्धिका लागि शान्ति, सुरक्षा र पारस्परिक मैत्री अपरिहार्य भएको बताउनुभएको छ । 


दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँले शान्तिपूर्ण वातावरणमा नै दक्षिण एशियाको प्रगति सुनिश्चित हुने बताउँदै सार्कमार्फत यस क्षेत्रको शान्ति र आर्थिक प्रगतिका निम्ति आफ्नो मुलुकले हरसम्भव सहयोग गर्ने दृढता व्यक्त गर्नुभयो । 


सार्कका उद्देश्य, आदर्श र सिद्धान्तप्रति पाकिस्तानको अटुट आस्था रहेको बताउँदै उहाँले भन्नुभयो, “सार्कको बडापत्रप्रति हाम्रो पूर्ण प्रतिबद्धता छ ।” प्रधानमन्त्री अब्बासीले सार्कको १९औँ शिखर सम्मेलन शीघ्रातिशीघ्र हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । पाकिस्तानी प्रधानमन्त्रीले सचिवालय परिसरमा धुपीको बिरुवा रोपेर जलसिञ्चनसमेत गर्नुभएको थियो । 


कार्यक्रममा सार्कका महासचिव अमजद बी सियालले १८औँ शिखर सम्मेलनमा सार्क नेतृत्वले हरेक दुई वर्षमा शिखर बैठक गर्ने निर्णय गरेबमोजिम संगठनलाई गतिशील तुल्याउन १९औँ सम्मेलनको अपरिहार्यतामा जोड दिनुभयो । सार्क सचिवालयलाई निरन्तर सहयोग र अमूल्य सुझाव प्रदान गरेकामा सार्कको वर्तमान अध्यक्ष तथा सचिवालय आतिथेय मुलुक नेपालसहित सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गर्दै उहाँले यसअघि पाकिस्तानले सार्कका दुई शिखर सम्मेलन आयोजना गरिसकेको र सार्कका लक्ष्य एवं सिद्धान्त प्राप्तिमा प्रशंसनीय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । 

नौ वर्ष अगाडि फागुन महिनामा सार्कको संस्थापक सदस्य मुलुक श्रीलंकाका तत्कालीन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले सार्क सचिवालयको भ्रमण गरी सचिवालय परिसरमा बिरुवा रोपेको जानकारी दिँदै उहाँले सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकारले सचिवालय भ्रमण गर्ने प्रचलन रहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै