५ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महराको शिक्षकदेखि सभामुख सम्मको यात्रा

२५ फाल्गुन २०७४, शुक्रबार ११:५०

फागुन २५, काठमाडौँ | चार दशकदेखि निरन्तर वामपन्थी राजनीतिमा सक्रिय नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराको प्रतिनिधिसभाको सभामुखमा एकल उम्मेदवारी परेको छ । 


शालीन व्यक्तित्व महराविरुद्ध कुनै पनि राजनीतिक दलले उम्मेदवारी अगाडि सारेनन् । राजनीतिक दलबीच समन्वयकारी भूमिका निर्वाह गर्न सफल महरालाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखको शालीन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद् र संसदीय पद्धतिको गरिमा अभिवृद्धि हुने विश्वास गरेको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा सुमधुर सम्बन्ध राख्न सफल महरालाई राष्ट्रिय संकटमा गाँठो फुकाउन पर्दा धेरैले सम्झने गरेका छन् । उहाँको व्यक्तित्व एवं कूटनीतिक क्षमता पार्टीभित्रको आन्तरिक तथा मुलुकले झेल्दै आएको द्वन्द्व समाधानमा महत्वपूर्ण योगदान पुगेको धैरेको विश्वास छ । कसैलाई पनि नचिढाई निर्णायक भूमिका निर्वाह गरेकै कारण महरा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका साथै सबै राजनीतिक दललाई संयोजन गरेर अगाडि बढ्ने महत्वपूर्ण स्थानमा पुग्दै हुनुहुन्छ । 

तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धलाई शान्तिपूर्ण तवरले व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका महरा २०५८ सालमा तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक र २०६० मा तत्कालीन सरकारसँगको दोस्रो वार्ता टोली सदस्य तथा प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो । 

विसं २०६३ मा तत्कालीन सरकारसँग वार्ताका लागि गठित तेस्रो वार्ता टोलीको संयोजक हुँदा महराले पार्टीलाई शान्तिको बाटामा ल्याई राष्ट्रलाई महत्वपूर्ण समाधान दिन महत्वपूर्ण योगदान गर्नुभयो । 

मुलुक संघीय संरचनामा आगडि बढेलगत्तै गत मंसिरमा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा दाङ २ बाट निर्वाचित महराले संविधानसभा सदस्यको दुवै निर्वाचनमा निर्वाचित भई समावेशी संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । 

उहाँले उपप्रधानमन्त्रीसहित अर्थ, परराष्ट्र, गृह एवम् सूचना तथा सञ्चार मन्त्रालय सम्हालिसक्नुभएको छ । उहाँको अर्थमन्त्री कार्यकालमा देशले आर्थिक वृद्धिदरमा महत्वपूर्ण उपलब्ध हासिल गरेको थियो । त्यसैगरी परराष्ट्रमन्त्री हुँदा देशको विदेश सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । 

त्यस्तै अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्यमा रहेर जिम्मेवारी सम्हाल्नुभएका महराले २०६९ सालमा एकीकृत नेकपा (माओवादी) सातौंँ राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख, मध्यब्यूरो इञ्चार्ज हुनुभयो । विसं २०७१ मा एकीकृत नेकपा (माओवादी)को महासचिवमा निर्वाचित महरा २०७३ सालदेखि हालसम्म पार्टी केन्द्रीय कार्यालय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । 

विसं २०६३ पुसमा अन्तरिम संविधान जारीपछि निर्मित अन्तरिम व्यवस्थापिका–संसदको सदस्य तथा माओवादी संसदीय दलको नेता महरा २०६५ सालको पार्टी एकतापछि पार्टीको स्थायी समिति सदस्य हुनुभयो । विसं २०६४ चैतमा सम्पन्न संविधानसभा सदस्यको निर्वाचनबाट दाङ ३ बाट निर्वाचित महरा २०६५ भदौमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता हुनुहुन्थ्यो । 

सिसं २०३५–०३६ को विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय महरा सोही समयदेखि २०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि हुनुहुन्थ्यो । विसं २०३९ देखि २०४१ सम्म अनेरास्ववियुको आठौंँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य हुँदै पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष र उपाध्यक्ष हुनुभएको थियो । उहाँ २०४१ देखि २०४५ सालसम्म नेपाल रेडक्रस सोसाइटी रोल्पाको मन्त्री र २०३६ देखि २०४८ सालसम्म विज्ञान र गणित शिक्षक हुनुहुन्थ्यो । 

विसं २०४८ देखि नेकपा (मशाल) रोल्पा सेक्रेटरी तथा सोही वर्ष भएको निर्वाचनमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महरा २०५० सालमा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता हुनुहुन्थ्यो । उहाँ विसं २०५१ मा नेकपा (माओवादी)को पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, २०५३ सालमा केन्द्रीय सदस्य र २०५५ मा पोलिटब्यूरो सदस्य हुनुभयो । विसं २०६१ मा नेकपा(माओवादी) पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका महरा विसं २०६२ मा स्थायी समिति सदस्य र २०६२ मा पार्टी सचिवालय सदस्य हुनुभयो । 

पिता रविचन्द्र र माता समुद्रदेवीका कोखबाट विसं २०१५ असारमा रोल्पा, लिवाङ–७ स्थित धारापानीमा जन्मनुभएका महराको हालको स्थायी घर रोल्पा नगरपालिका वडा नं १ मा रहेको छ । बालकल्याण मावि लिबाङ रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण महराले विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र र त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट स्नातक तह उत्तीर्ण गर्नुभएको छ । 

उहाँले भारत, चीन, बंगलादेश, थाइल्याण्ड, जापान, प्रजग कोरिया, मलेसिया, सिंगापुर, हङकङ, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार, अमेरिकालगायत मुलुक भ्रमण गर्नुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईई बहिष्कार गर्ने मधेश प्रदेश सरकारको निर्णय प्रहरी कार्यालयनजिकै युवकमाथि खुकुरी प्रहार आर्थिक सहयोग नरोकिदिन अमेरिकी सरकारसँग मन्त्री राणाको आग्रह प्रचण्ड र उनको परिवारको कारणले गणतन्त्रको अन्त्य हुन्छः ज्ञानबहादुर शाही पाटन क्याम्पसको लफडामा ३ जना घाइते- नेविसंघले गुण्डा लगाएको अनेरास्ववियुको आरोप युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न परराष्ट्रमन्त्रीको आग्रह पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा मेसीले विश्वकप छनोटका दुई खेल गुमाउने पोखरा बेलुन विस्फोट घटना : छानविन समितिले बुझायो प्रतिवेदन नौ वर्षअघि बरामद भएको सात केजी सुन र २५ करोडको ‘कनेक्सन’ खोज्दै प्रहरी मोरङको आगलागीमा परेको भनिएका बालक सकुशल भेटिए, एक बालिकाको मृत्यु प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पौने ३ लाख ठग्ने महिला पक्राउ इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए २५ करोड रकमसहित पक्राउ परेका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा भरियामात्र: प्रहरी एसईई सुरु नहुँदै तोकियो नतिजा निकाल्ने मिति मोरङमा आगलागीबाट एक बलिकाको मृत्यु, ८ घर जले* ट्रकबाट २५ करोड बरामद:  यसअघि पनि सात किलो सुन तस्करीमा जेल बसेर छुटेका पक्राउ परेका लामा  बसको ठक्करबाट मकवानपुरमा स्कुटर चालकको मृत्यु १२८ यात्रु लिएर छेन्दुबाट पोखरा आएको सिचुवान एयर १२६ यात्रु लिएर चीन फर्कियो इजरायलद्वारा गजामा आक्रमण, हमासले भन्यो– सयभन्दा बढी मानिस मारिए