ताराबहादुर महत । फागुन २५, दोलखा । ग्रामिण क्षेत्रको विकासका लागि स्पष्ट योजनाको अभाव रहेको प्रदेश तिनका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री केशव स्थापितले बताउनुभएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । फागुन २५, दोलखा । ग्रामिण क्षेत्रको विकासका लागि स्पष्ट योजनाको अभाव रहेको प्रदेश तिनका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री केशव स्थापितले बताउनुभएको छ ।

2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

विकासका लागि ‘पुँजी अभाव’ बाहना मात्र हो ः मन्त्री स्थापित

ताराबहादुर महत । फागुन २५, दोलखा । ग्रामिण क्षेत्रको विकासका लागि स्पष्ट योजनाको अभाव रहेको प्रदेश तिनका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री केशव स्थापितले बताउनुभएको छ ।


चरिकोटस्थित गौरीशंकर क्याम्पसमा पाहुना प्राध्यापकको रुपमा ग्रामिण विकास र रणनितिक योजना विषयमा कक्षा लिनुहुँदै मन्त्री स्थापितले विकासका लागि स्पष्ट योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश विकासका लागि पैसाको अभाव छ भन्नु त काम गर्न नसक्नेहरुको बाहाना मात्र हो, स्पष्ट योजना बनाएर कार्यान्वयन गर्न सके आर्थिक श्रोत सहजै जुटाउन सकिन्छ ।’

मन्त्री स्थापितले दोलखाको विकासका लागि केन्द्रिय सरकारको मात्र भर नपरी स्थानिय श्रोत साधनको रचनात्मक प्रयोगमा जोडदिन जनप्रतिनिधिहरुलाई आग्रह समेत गर्नुभयो । दोलखामा विकासको सम्भाव्यता बारे अध्ययन भ्रमण गर्न मन्त्री स्थापित बुधबार दोलखा आईपुग्नु भएको हो । दोलखा भ्रमणको क्रममा उहाँले जिल्लामा पुननिमार्णको अवस्था, जिरी, कालिञ्चोक र शैलुङ्ग क्षेत्रमा पर्यटकिय विकासको सम्भावना बारे अध्ययन भ्रमण गर्नुभएको छ ।

गौरीशंकर क्याम्पस संचालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको अन्र्तक्रियात्मक कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, क्याम्पस संचालक समितिका पुर्व अध्यक्ष तथा एमाले नेता बसन्तराज कार्की, क्याम्पस प्रमुख शान्त केसी, क्याम्पसमा अध्यापनरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई