2026-07-05 05:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्तमान सरकारप्रति जनताको धेरै आशा छ: नेता नेपाल

2018-03-11

फागुन २७, काठमाडौँ | नेकपा (एमाले) का नेता माधवकुमार नेपालले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनताको ठूलो आशा भरोसा जागेको बताउनुभएको छ । 

प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि गर्नुभएको दृढ संकल्पले जनतामा नयाँ आशा जागेको बताउनुभयो । 

मुलुकमा हालसम्म धेरै राजनीतिक द्वन्द्व र आन्दोलन मात्र भएकाले जनताले अब विकास र समृद्धिको चाहना गरेको उल्लेख गर्दै नेता नेपालले भन्नुभयो, “युवा वर्गमा राजनीतिप्रति वितृष्णा पैदा भएको छ, समाजमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, विभेद, बेरोजगारीलगायत समाजमा व्याप्त विकृति हटाउन सरकारको काँधमा नयाँ जिम्मेवारी आएको छ ।” 

‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने खालको जनतामा निराशा यसपटक नहुने विश्वास व्यक्त गर्दै उहाँले देशमा हालसम्म राजनीतिकरण धेरै भयो यसबाट अब मुुलुकले मुक्ति खोजेको छ भन्नुभयो । 

जनताका आधारभूत आवश्यकता पूरा गर्र्ने कुरामा ध्यान दिनुपर्ने बताउँदै नेता नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन आग्रह गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै