"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
"/>
2026-07-05 05:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्वरोध

2018-03-12

जिपि पौडेल/फागुन २८,काठमाडौं। राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको छ ।


राष्ट्रियसभामा सोमबार उहाँको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको हो । 

वाम गठबन्धनबाट राष्ट्रियसभाको अध्यक्षका उम्मेदवार बनेर निर्विरोध निर्वाचित हुनुभएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सिना पर्वतको मोदी गाउँपालिका–७ तथा तत्कालिन राम्जा देउराली गाविसमा जन्मनुभएको हो ।

राष्ट्रियसभामा प्रदेश नं ४ बाट विजयी तिमिल्सिना बाबु तुलसीप्रसाद तिमिल्सिना तथा आमा हिरादेवी तिमिल्सिनाको कोखबाट २०१८ साल जेठ १२ गते उहाँको जन्म भएको हो । राम्जा ठाँटीस्थित पशुपती उच्च माविबाट २०३७ सालमा एसएलसी उत्तिर्ण उहाँले पोखरामा रहेको पृथ्वी नारायण क्याम्पसबाट व्यवस्थापनमा प्रमाणपत्र तह उत्तिर्ण हुनुभयो । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलबाट राजनीति सुरु गर्नुभएका तिमिल्सिना युवा संघको केन्द्रीय सदस्य, मुस्ताङ जिल्ला र बाग्लुङ जिल्लाको सचिव हुनुभयो । 

पञ्चायतकालमा राजनीतिमा लागेका कारण २०४२ साल साउनदेखि २०४६ साउनसम्म तिमिल्सिनाले जेल बस्नुपर्यो । वि सं २०४६ सालको आन्दोलनमार्फत बहुदलीय व्यवस्था लागू भएपछि उहाँले जिल्लामा सक्रियता बढाउँदै २०४९ सालको स्थानीय निर्वाचनमा राम्जा देउराली गाविस अध्यक्ष हुनुभयो । त्यसैगरी २०५४ सालको स्थानीय निर्वाचनमा समेत राम्जाकै अध्यक्ष हुँदै जिल्ला सभापति चुनिनुभयो । त्यसपछि २०५४ सालमा एमालेको बैकल्पिक केन्द्रीय सदस्य, २०६४ सालको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य र नबौं महाधिवेशनपछि पोलिटब्यूरो सदस्य हुनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै