केहीबेर अघि गृहमन्त्री रामबहादुर था"/>
केहीबेर अघि गृहमन्त्री रामबहादुर था"/>
फागुन २८, काठमाडौँ | विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन् ।
केहीबेर अघि गृहमन्त्री रामबहादुर थापा बादल पनि बिमान स्थल पुगेका थिए । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएपछि आधाभन्दा बढीको हताहत भएको छ भने हाल सम्म प्राप्त खबर अनुसार १८ जाना घाइतेहरुलाई अस्पताल लागिएको छ । अझै उद्दार कार्य जारी रहेकाले एकिन विवरण आउन सकेको छैन ।
उद्दार प्रयासबारे जानकारी लिन प्रधानमन्त्री ओली बिमानस्थल पुगेका हुन् । यस अघि गृहमन्त्री बादलले सुरक्षा निकायलाई यथासिघ्र उद्दार कार्य सक्न निर्देशन दिएका थिए । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले उद्धार जारी राखेको छ।