2026-07-05 05:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवादित प्रधानन्यायधिस पराजुलीलाई राष्ट्रपति र प्रधानमन्त्रीको यस्तो सुझाव

फागुन ३०, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले दिनानुदिन बिबादको घेरामा परेका प्रधानन्याधिस गोपाल पराजुलीलाई न्यायिक प्रक्रियाबाट अलग हुन सुझाव दिने तयारी गरेको खबर बाहिर आएको छ । 

यस अघिनै पराजुलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले  विदा बस्न वा राजिनामा दिएर न्यायपालिकालाई थप बद्नाम हुन नदिन आग्रह गरेका थिए । परिस्थिति अनुकुल आफ्नो निर्णय नलिए बदनाम हुने भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको एकै आशय पराजुलीले बुझेर आफ्नो निर्णय लिन सक्ला वा परिस्थितिसँग जुध्लान् त्यो भने हेर्न बाँकी छ । 

प्रधानन्यायधिस पराजुलीले दोश्रो कार्यकालको सपथ लिने तयारी गरिरहेकी राष्ट्रपति भण्डारीमार्फत अनौपचारिक रुपमा कानुनी र राजनीतिक परामर्श लिएर बिकल्पबारे सुझाव पाएको स्रोतले जानकारी डिएको छ । राष्ट्रपतिमा निर्वाचन भएलगत्तै विवादित प्रधानन्यायाधीशबाट सपथग्रहण गर्ने सन्दर्भमा सञ्चार माध्यमहरुबाट विभिन्न टीकाटिप्पणी भएपछि राष्ट्रपतिले प्रधानन्यायाधिस पराजुलीसँग परामर्श लिएकि हुन् । 

राष्ट्रपतिले आफ्नो चाहना सकेसम्म पराजुली आफैंले परिस्थिति बुझेर निकास दिए राम्रो हुन्थ्यो भन्ने लागेको र निकास नदिएमा सपथग्रहणपछि राष्ट्रपतिले उनलाई शीतलनिवासभित्रै भेटेर न्यायिक प्रक्रियाबाट अलग हुन सुझाव दिने तयारी रहेको बताइएको छ ।

राष्ट्रपतिले सपथग्रहण लिएपछि प्रधानन्यायाधीश गोपाल पराजुलीलाई छुट्टै भेटेर न्यायिक प्रक्रियाबाट अलग हुन आग्रह गर्ने बताइएको छ । 

स्रोतका अनुसार चैत २ गते संसद बैठक बस्नुअघि निकास दिन राष्ट्रपतिले प्रधानन्यायाधीशलाई आग्रह गर्ने सम्भावना छ । ‘संसद बैठक बस्दैछ, न्यायपालिकाको सन्दर्भमा व्यवस्थापिकामा कुरा उठ्नुभन्दा अघि पराजुलीले न्यायिक प्रक्रियाबाट अलग हुनुपर्छ । त्यो भनेको राजिनामा वा विदा बस्ने दुईमात्र विधि बाँकी छ’ ती सहयोगीले भने ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पराजुलीलाई प्रधानमन्त्रीनिकट एमाले नेता सुवास नेम्वाङले प्रधानन्यायाधीशले दुईमध्ये एक विकल्प रोज्दा न्यायपालिकाको शाख जोगिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै