2026-07-05 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यसकारण युवासंघ पर्वतको अध्यक्षमा केदरनाथ हार्दैनन्

फागुन ३०, पर्वत । पर्वत उवासंघको १६ औं महाधिबेशन यहि चैत्र ३ गते हुदैछ । चुनावको लागि दुइ प्यानल अहिले चुनावी मैदानमा होमिएका छन् । बामगठबन्धन निकट समावेशी, स्वतन्त्र  प्यानलको नेतृत्व केदरनाथ शर्माले गरेका छन् भने लोकतान्त्रिक गठबन्धनको नेतृत्व लेखनाथ शर्माले गरेका छन् ।

पर्वतमा उद्योगी व्यवसायीहरुको हक हित र व्यापार प्रवर्धनका लागी केदारनाथ शर्माको अध्यक्षतामा वामगठवन्धनले २५ जना सदस्य सहित उम्मेदवारी दर्ता गरेका छन् भने लोकतान्त्रीक समूहवाट लेखनाथ शर्माको अध्यक्षतामा २५ जना सदस्य सहित उम्मेदवारी परेको छ ।

आगामी चैत्र ३ गते हूने निर्वाचनका लागी पर्वत उद्योग वाणिज्य संघमा जम्मा १ हजार ५ सय ८७ जना सदस्य रहेका छन् । केदरनाथ शर्मालाई कुनै पनि शक्तिले हराउन नसक्ने देखिन्छ । बाम एकता मजबूत भएका कारण पनि लोकतान्त्रिक गठबन्धनले आफ्नो मत समेत सुरक्षित गर्न नसक्ने स्रोतको दाबी छ ।  केदारनाथ शर्माले जित्ने सम्भावनाका मुख्य केहि कारणहरु सहारापाटीले फेला पारेको छ । जून यस्ता रहेका छन् । 

बाम तालमेल 

बाम तालमेल भएका कारण केदरनाथ शर्मालाई त्यसको क्रेडिट भने राम्रै मिल्ने भएको छ । माओवादी एमालेको एकता प्रक्रिया चलिरहेको बेलामा दुवै पार्टी निकट व्यापारीहरु पनि एकिकृत भएर लागेका छन् । प्यानल निर्माणको क्रममा केहि विवाद  देखिएपनि अन्तिममा संयुक्त स्वतन्त्र र समावेश प्यानल निर्माण गरेको बाम गठबन्धन मजबूत बनेको छ । एक्लाएकल्लै लड्ने स्थीतिमापनि बलियो देखिएका केदारनाथ शर्मा बाम तालमेल सहितको प्यानलका कारण थप शक्तिशाली बनेका छन् ।

थप मतदाता

बाम तालमेल हुदाँ साथ केदारनाथ शर्माको नेतृत्वको प्यानलमा करिब ३ सय मतदाता थपिएका छन् । यसको अर्थ उनको लागि यो निर्णायक मत पनि हो । एमाले र माओवादी केन्द्र निकट व्यवासयीहरुको मतदाता संख्या कुल संख्याको ७० प्रतिशत हुन पुग्छ । जसका कारण जितको लागि कुनै दौडधूप गर्नुपर्ने देखिदैन ।

लोकतान्त्रिक प्यानलभित्रकै समर्थन 

लोकतान्त्रिक प्यानलभित्रकै केहि व्यापारीहरुले केदरनाथ शर्मालाई समर्थन देखाउन सक्ने बुझिएको छ । लोकतान्त्रिक प्यानलभित्र पनि दुइ गुट भएका कारण एक गुट केदारनाथ शर्माको पक्षमा हुदाँ झण्डै  एक सय भन्दा व्यवसायीको समर्थन रहन सक्ने स्रोतको दाबी छ । ७० प्रतिशत आफ्नै मतदाता  रहेको बाम गठबन्धनलाई थप मत आउने देखिन्छ । यसको अर्थ बामगठबन्धनको प्यानलको जित निश्चित बनेको छ । 

दोब्बर मतदाता 

लोकतान्त्रिक समुहको मतदाता भन्दा बामगठबन्धनको मतदाता संख्या झण्डै दोब्बरले बढी देखिन्छ । जसका कारण शर्माको प्यानललाई जित निकाल्नको लागि कुनै चिउरा पेल्नुपर्ने देखिदैन । तर लोकतान्त्रिक प्यानललाई भने आफ्नै मतदाताहरुले समेत धोका दिने सम्भावना भएका कारण त्यसको थप फाइदा बामगठबन्धन समुहलाईनै मिल्ने देखिन्छ । 

बाम गठवन्धनका उम्मेदवार केदारनाथ शर्माले जिल्लाको व्यपार व्यवसाय प्रवर्धन र संरक्षण गर्न आफ्नो उम्मेदवारी रहेको धारणा राखे । उनले पर्वतका ७ वटै स्थानिय निकायमा स्थानिय तहको आवश्यकता र व्यवसायीहको माग वमोजिम शाखा र उपशाखा स्थापना गर्ने,व्यवसायीक एकता कायम गर्ने, मझौला र घरेलु उद्योगलाई प्रवर्धन गर्ने वताउदै विगतमा प्रथम कार्यकाल महासचिव र द्धितिय कार्यकाल उपाध्यक्ष भएर कार्य गरिरहेकाले सवै व्यवसायीहरुको मर्का बुझेका कारण आफ्नो नेतृत्वको प्यानललाइ कसैले पनि हराउन नसक्ने दाबी गरेका छन् ।

कुन प्यानलमा कसको उम्मेदवारी ?

वाम गठवन्धनको संयुक्त समावेशी र स्वतन्त्र प्यानलमा ठाकूर वि पौडेल, सूनिल भूषाल, राजन गूरुड, कमल वहादूर जि.सी,  चित्र वहादूर अधिकारी गोपाल,रमेश शर्मा लामिछाने, मिन प्रसाद शर्मा, विकास विश्वकर्मा, राजु पौडेल, शेर वहादूर चोचाडगी, नारायण प्रसाद पौडेल, ख्यामराज लामिछाने, कृष्ण प्रसाद भूषाल, सागर श्रेष्ठ, कृष्ण प्रसाद रेग्मी, रामकृष्ण कार्की, जगन्नाथ अधिकारी, तिला गीरी ,दिपक अधिकारी, गणेश लामिछाने, टंकनाथ चपाई, सूव वहादूर क्षेत्री, भिम वहादूर नेपाली र महिला सदस्यहरुमा प्रमिला शर्मा, चन्द्रकला शर्मा सदस्यका उम्मेदवार रहेका छन् ।

त्यस्तै लोकतान्त्रिक समूहमा मानसिंह भण्डारी, राजन कूमार जोशी, राजन श्रेष्ठ, कृष्ण प्रसाद शर्मा, मधुसूधन उपाध्याय, दिपेन्द्र गीरी, योगराज गीरी,शिव श्रेष्ठ, शिवशर्मा पौडेल, महम्मद नसीव मियां,शम्भू कूमार जोशी,राजेन्द्र कर्माचार्य, राुू शर्मा,हेम शर्मा पौडेल, रवि कूमार श्रेष्ठ, धनपती आचार्य, कमलनारायण जोशी, चित्र वहादूर क्षेत्री, चित्र लाल रेग्मी, कृष्ण वहादूर मल्ल, सुवर्ण अर्याल, शैलेन्द्र कूमार कर्माचार्य, अनिष श्रेष्ठ महिला सदस्यमा पशूपती कार्की शर्मा र शोभा आचार्य शर्मा सदस्यका उम्मेदवार रहेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै