2026-07-05 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमान दुर्घटना दुःखद र गम्भीर घटना: प्रधानमन्त्री

2018-03-16

चैत २, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनालाई नेपाल सरकारले दुःखद र गम्भीर घटनाका रुपमा लिएको बताउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्री ओलीले उक्त अकल्पनीय र त्रासदीपूर्ण घटनामा परी मृत्युहुनेहरुमा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । 

उक्त दुर्घटनाका कारण भएको मानवीय क्षतिबाट नेपाल, बंगलादेश र चीन शोक सन्तप्त भएको बताउँदै उहाँले उद्धार र उपचारमा संलग्नहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । 

सो दुर्घटनामा ५१ जनाको निधन र २० जना घाइते हुनुभएको थियो । 

प्रधानमन्त्री ओलीले घटनालगत्तै आफू स्थलगत अवलोकनमा गएको तथा बंगलादेशका प्रधानमन्त्रीसँग टेलिफोन गरी उद्धार र उपचारमा कुनै कमजोरी नहुनेमा आश्वस्त पारेको उल्लेख गर्दै घटनाबारे सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्ले जाचँबुझ आयोग गठन गरेको र सो आयोगबाट प्राप्त प्रतिवेदनपछि गर्नुपर्ने आवश्यक काम गरिने छ भन्नुभयो । 

प्रयोगशालाको परीक्षण छिटो गरी आफन्तलाई छिटो शव हस्तान्तरण गर्न सरकार क्रियाशील रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । 

विशेष प्रस्ताव पारित 

प्रधानमन्त्री ओलीको वक्तव्यपछि बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको ढाकाबाट काठमाडौँ आएको युएस बंगला एयर अवतरणका क्रममा दुर्घटना भई आगलागी हुँदा २२ जना नेपाली, चालक दलका सदस्यसहित २८ जना बंगलादेशी र एकजना चिनियाँ नागरिकसहित ५१ जना यात्रुको निधन तथा २० जना घाइते भई उपचाररत भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्ने विशेष प्रस्ताव पारित भयो । 

प्रस्तावमा निधन भएकाहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । बैठकमा दुर्घटनामा परी निधन भएकाहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । 

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन आजै १५ मिनेटपछि बस्ने बैठकमा हुनेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै